को हुन् क्षितिज थेबे ?

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित युवा नेता क्षितिज थेबे नेपाली राजनीतिमा उदाउँदै गरेको प्रभावशाली अनुहार हुन् । नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका उनी २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १३ हजार ९ सय ६२ मत प्राप्त गर्दै विजयी भए । अधिकांश स्थानमा रास्वपाका उम्मेदवार निर्वाचित हुँदा ताप्लेजुङका मतदाताले भने क्षितिजलाई […]

अमेरिकी सैन्य कारबाहीमा इरानी : नौ सेनालाई ठूलो क्षति, ४२ जहाज ध्वस्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौ सैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले […]

‘जेन जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिन्छ’ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको अध्ययनपछि मन्त्रिपरिषदमा पेश गरिने बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन ग्रहण गर्दै उनले उक्त दस्ताबेजको अध्ययन आफू र गृहमन्त्रीले संयुक्त रूपमा गर्ने र त्यसपछि मन्त्रिपरिषदमा प्रस्तुत गरिने जानकारी दिएकी हुन्। अध्ययनपछि आवश्यक निर्णय तथा कार्यान्वयनसम्बन्धी प्रक्रिया अघि बढाइने उनले उल्लेख […]

ताप्लेजुङमा एमाले उम्मेदवार क्षितिज थेबे विजयी

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले उमेद्वार क्षितिज थेबे विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार थेबेले नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू लाई २ हजार २५१ मतान्तरले पराजित गरेका हुन्। अन्तिम मतपरिणामअनुसार थेबेले १३ हजार ९६२ मत प्राप्त गरे भने तुम्याहाङले ११ हजार ७११ मत पाए । सुरुवातमा अग्रता लिएका तुम्याहाङले अन्तिमसम्म […]

बालेनकै नेतृत्वमा सरकार बन्छ : सोविता गौतम

चितवन । चितवन-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृ सोविता गौतमले बालेन्द्र शाह(बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् । निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुराकानी गर्दै नेतृ गौतमले चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने बताएकी हुन् । रास्वपाका पक्षमा नेपाली जनताले गरेको विश्वासलाई नतिजा दिनेगरी काममा […]

भक्तपुर–२ मा महेश बस्नेतलाई हराउँदै राजीव खत्री निर्वाचित

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन्। प्रतिनिधि सभा निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका कबीर रानाले […]

प्रारम्भिक मतगणनामा धेरै क्षेत्रमा रास्वपा अग्रता, केही क्षेत्रमा कांग्रेस-एमाले अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको प्रारम्भिक नतिजामा अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् भने केही क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार पनि अघि देखिएका छन्। प्राप्त पछिल्लो विवरणअनुसार चितवन–३ मा रास्वपाकी सोविता गौतम ९२५ मतसहित अग्रस्थानमा छिन्। उनलाई नेकपाकी रेणु दाहालले ६७९ मतसहित पछ्याइरहेकी छन्। […]

मोरङमा ६४.५६ प्रतिशत मतदान

विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङमा ६४.५६ प्रतिशत मतदान भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाभर रहेका ५५५ मतदान केन्द्रबाट कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ८९४ मत खसेको हो। हालसम्म खसेको मतमध्ये २ लाख ४३ हजार ३९६ पुरुष, २ लाख ६२ हजार ४९६ महिला र २ जना अन्य […]

ताप्लेजुङमा ५१.४५ प्रतिशत खस्यो मत, मतपेटिका संकलन जारी

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा ५१.४५ प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ९० हजार ३२७ मतदातामध्ये ४६ हजार ४ सय ७४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार मतदान गर्नेहरूमध्ये २५ हजार ३ सय ९९ पुरुष र […]

ताप्लेजुङसहित हिमाली जिल्लाका केही मतपेटिका संकलन कार्य भोलिसम्म लम्बिने

काठमाडौँ । दुर्गम हिमाली भेगमा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने प्रक्रिया केही स्थानमा भोलिसम्म जारी रहने भएको छ। निर्वाचन आयोगका अनुसार हेलिकप्टरको सीमित उपलब्धताका कारण उच्च हिमाली क्षेत्रका कतिपय मतदान स्थलबाट मतपेटिका संकलन गर्ने काम शुक्रबार बिहानसम्म मात्रै सम्पन्न हुने अवस्था देखिएको हो। आयोगले उपलब्ध गराएको जानकारीअनुसार संखुवासभा जिल्ला, रुकुम पश्चिम जिल्ला, सोलुखुम्बु जिल्ला, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं