जम्मु-कस्मिरमा पर्यटक लक्षित आक्रमण : एक नेपालीसहित २६ जनाको मृत्यु

काठमाडौं । भारतकाे जम्मु-कस्मिरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । विगत केही वर्षयता नागरिकमाथिको यो ठुलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन् । पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो । मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए […]

भारी वर्षाले दिल्लीमा ४ तले भवन भत्कियो, ४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा चार तले भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो घटना शनिबार बिहान करिब २:३० बजे भएको हो । भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ। राष्ट्रिय आपदा मोचन बल र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ। डिभिजनल अग्नि […]

न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बिहीबार एक यात्रुवाहक हेलिकप्टर हडसन नदीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार तीन बालबालिकासहित सबै छ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘सबै छ जना पीडितहरूलाई पानीबाट उद्धार गरिएको छ,’ न्यूयोर्कका मेयर एरिक एडम्सले मिडिया ब्रिफिङमा भने, ‘दुःखको कुरा, सबै छ जना पीडितहरूलाई मृत घोषित गरिएको छ ।’ […]

९ महिनादेखि अन्तरिक्षमा फसेका सुनीता र बुच जब पृथ्वीमा ओर्लिए…

काठमाडौं । नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन्। नेपाली समयअनुसार बुधबार बिहान ३ः५३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो । जब सुनीता र बुच दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । अन्तरिक्ष स्टेसनबाट जमिनमा पुग्न यानलाई १७ घण्टा लागेको […]

भुटानसहित ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी, नेपाल पनि हाे ?

वासिङ्टन डिसी । ट्रम्प प्रशासनले ४३ देशका नागरिकहरूलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाको यात्रामा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । यस विषयमा जानकार अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा फराकिलो हुनेछ कूटनीतिक र सुरक्षा अधिकारीहरूले तयार पारेको सिफारिसहरूको मस्यौदा सूचीले ११ देशहरूलाई ‘रातो’ मा राख्न सूची सुझाव दिएको जसका नागरिकहरूलाई संयुक्त […]

प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ ट्रम्पको भनाइकाे स्वागत

इजिप्ट, जोर्डन । हमास र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (पिएलओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला नगर्ने’ बताएको बिहीबारको भनाइलाई सकारात्मक भन्दै यसको स्वागत गरेका छन् । ट्रम्पको टिप्पणीले प्यालेस्टिनी भूमि कब्जा गर्ने र त्यहाँका जनसङ्ख्यालाई छिमेकी देशहरूमा विस्थापित गर्ने उनको व्यापक आलोचना गरिएको प्रस्तावबाट पछि हट्ने सङ्केत गरेको देखिन्छ । […]

३० दिन युद्धविराम प्रस्ताव मान्न युक्रेन तयार

काठमाडौै । युद्धग्रस्त युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न तयार भएको छ । अमेरिका र युक्रेनबीच रुस-युक्रेन युद्ध अन्त्यका विषयमा साउदी अरबको जेद्दामा भएको वार्तामा जमिन, आकाश र समुन्द्रमा एक महिना युद्धविराम गर्न युक्रेनले सहमति जनाएको हो । एक संयुक्त वक्तव्यमा युक्रेनले रुससँग ३० दिनका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको जनाएको […]

नेपाली विद्यार्थीको आत्महत्या प्रकरण : उच्चस्तरीय समितिले बोलायो किट संस्थापक

नयाँ दिल्ली । छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तलाई शुक्रबार सरकारसामु उपस्थित हुन भनेको छ । उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ […]

एमसीसी परियोजना पनि नेपालमा स्थगित

काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]

समुद्रको ६,५६० फिट मुनी ‘डिप सि स्टेशन’ बनाउँदै चीन

बेइजिङ । चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ। अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुँदेछ। वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ। वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो। तर, यसको मूल्य […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा