खुम्चिँदै याला हिमनदी, २०४० सम्ममा हुनेछ पूरै गायब

काठमाडौं । याला हिमनदी खुम्चिँदै गइरहेको छ । सन् २०४० को दशकसम्ममा यो पूरै गायब हुनसक्ने भनिएको छ । ग्लोबल ग्लेसियर कजल्टी लिष्टमा समावेश भएको यो सम्पूर्ण हिमालयको एक मात्रै हिमनदी हो । ग्लोबल ग्लेसियर कजल्टी लिष्ट राइस युनिभर्सिटी, युनिभर्सिटी अफ आइसल्यान्ड, विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ), विश्व हिमनदी निगरानी सेवा र युनेस्के मिलेर २०२४ मा […]

ताइवानमा शक्तिशाली भूकम्प

काठमाडौं । ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो । नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो । ताइवान फायर डिपार्टमेन्टका […]

डोनाल्ड ट्रम्प आए, अमेरिकामा पुनः चल्न थाल्यो टिकटक

एजेन्सी । अमेरिकामा टिकटक पुनः चल्न थालेको छ । टिकटकले अमेरिकामा आफ्नो सेवा करिब १२ घण्टा बन्द गरेको थियो । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा टिकटकले पुनः सेवा सुरु गरेको हो । ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएका थिए । उक्त आवश्वासनपछि कम्पनीले पुनः सञ्चालनको निर्णय लिएको हो । टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत […]

इरानमा गोली हानी २ न्यायाधीशको हत्या

तेहरान । इरानको राजधानी तेहरानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ । सरकारी मिडियाका अनुसार इरानको सर्वोच्च अदालतबाहिर दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको हो । यस आक्रमणमा अर्का न्यायाधीशसँगै एक अंगरक्षक पनि घाइते भएको मिडियाले जनाएको छ । अज्ञात आक्रमणकारीले गोली चलाउने लगत्तै आफैँलाई गोली हानेको पनि बताइएको छ । आक्रमण कुन […]

क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने

काठमाडौं– क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको घोषणा गरेका हुन् । ट्रुडोले अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको बताउँदै अहिले श्रम बजारमा परिवर्तन आएको बताएका छन् । उनले भनेका छन्- ‘हामी क्यानडामा आउने […]

भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता हुने

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुससँग युद्धरत मुलुक युक्रेन पुगेका छन् । उनी पोल्यान्ड हुँदै शुक्रबार युक्रेनको राजधानी किभ पुगेका हुन् । रुस र युक्रेनबीचको युद्धका कारण सुरक्षालाई मध्यनजर गर्दै मोदी ट्रेनमार्फत् पोल्यान्ड पुगेका थिए । मोदीले युक्रेनका राष्ट्रपति भ्लादिमीर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । जेलेन्स्कीसँगको भेटअघि उनले पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको कुराकानीमा भारत […]

एलन मस्कलाई सल्लाहकार बनाउन ट्रम्प तयार

काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार रहेका ट्रम्पले न्युज एजेन्सी रोयटर्ससँगको कुराकानीमा मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् । के मस्कलाई सल्लाहकार अथवा क्याविनेटमा स्थान दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्– ‘अवश्य पनि दिन्छु ।’ ट्रम्पले […]

अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा, बन्धक रिहाइसम्बन्धी सम्झौतामा छलफल गरिने

काठमाडौं– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । उनले आज दिउँसो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको छ । भेटमा गाजामा इजरायल र हमासबीचको युद्धविरामलाई लिएर दुई नेताबीच छलफल हुने बताइएको छ । साथै बन्धक रिहाइसम्बन्धी सम्झौताका विषयमा पनि छलफल हुनेछ । यस वार्ताको एउटा उद्देश्य इरान र इजरायलबीचको मध्यपूर्वमा बढ्दो तनाव […]

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट पछि हटेका छन् । ८१ वर्षीय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका छन् । बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई डेमोक्र्याटहरूले उम्मेदवारी फिर्ता लिन दबाब दिएका […]

फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु

एजेन्सी– उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक-अप ट्रक ठोकिँदा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ । ‘पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ’, प्रहरी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा