कायरो । इजिप्टमा एक टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ । इजिप्टको सरकारी अखबार अल अकरमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनीहरू एक आपराधिक गिरोहमा संलग्न थिए । उक्त गिरोहले लागू औषध निर्माणका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट मगाउने गरेको र त्यसबाट उत्पादन भएको लागु औषध इजिप्टमा बेच्ने गर्दथ्यो […]
काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा शनिवार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार शनिवार बिहान करिव ४ बजेतिर एक गाउँमा उक्त प्राकृतिक विपद् आएको हो । काउन्टीको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयकाअनुसार ‘साउदेल’ आँधीका कारण केही दिनदेखि […]
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्यान्ड टापु विवादमा अमेरिकाको पुरानो नीतिमा पुनर्विचार हुन सक्ने संकेत दिएपछि अर्जेन्टिना र बेलायतबीचको दशकौँ पुरानो विवाद फेरि चर्किएको छ। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले फकल्यान्डलाई आफ्नो देशको भूभाग दाबी गर्दै टापु आसपास तेल उत्खनन गरिरहेका कम्पनीमाथि कडा प्रतिबन्ध लगाउने योजना घोषणा गरेका छन्। उनले अर्जेन्टिनाको अनुमति बिना तेल उत्खनन […]
सिजाङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन-नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बाढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले जनाएको छ । कमाण्ड सेन्टरका अनुसार हिमपहिरोपछि नदीमा आएको बाढीमा ५३१ जना बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले उक्त क्षेत्रबाट ९८७ […]
काठमाडौँ। राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको ६ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ। देशभरका स्थलमा व्यापक अमेरिकी बमबारीमा कम्तिमा १९ जना इरानी मारिएपछि अमेरिकी सेना इरानमा कुनै पनि समयमा आक्रमण गर्न तयार रहेको ट्रम्पले बताए। तेहरानले भने कुवेत, जोर्डन, संयुक्त अरब इमिरेट्स, बहराइन र इराकको स्वायत्त कुर्दिस्तान […]
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित कौशाम्बी जिल्लाको मनौरी गाउँमा रहेको पटाका कारखानामा सोमबार भएको भीषण विस्फोटमा परी ११ जनाको मृत्यु भएको छ। घटनामा पाँच जना गम्भीर घाइते भएका छन्। उत्तर प्रदेशको राजधानी लखनउबाट करिब २०५ किलोमिटर दक्षिणमा रहेको मनौरी गाउँमा सोमबार दिउँसो विस्फोट भएको हो। कौशाम्बीका जिल्ला मजिस्ट्रेट अमित पालका अनुसार विस्फोटपछि घाइतेहरूलाई उपचारका लागि […]
काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्न चीनले ५० टन आपत्कालीन राहत सामग्रीसहित चार जना सुरुङ उद्धार विज्ञ नेपाल पठाएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० ठूला सैन्य परिवहन विमान राहत सामग्री लिएर आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानमा चार जना […]
काठमाडौं । भारतले बाढीपहिरो प्रभावित नेपालका क्षेत्रमा खोजी, उद्धार र राहतका लागि थप ११ टन सामग्रीसहित प्राविधिक टोली पठाएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमार्फत राहत सामग्री, खोजी–उद्धार उपकरण र प्राविधिक टोली नेपाल आइपुगेको छ। फरेन्सिक विशेषज्ञ, डीएनए विश्लेषणका उपकरण तथा ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल र सरसफाइका सामग्री पनि ल्याइएको […]
क्विटो । जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ । त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उनलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ । मोरेनोलाई राफेल कोरियाको […]
चीन । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पुर्याइएको छ। भौगोलिक विकटता र सडक सञ्जाल अवरुद्ध भएका कारण ड्रोनमार्फत राहत सामग्री तथा आवश्यक उपकरण ढुवानी गरिएको हो। सिजाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शुक्रबार अपराह्न करिब ४:३० बजे पहिलो व्यावसायिक उद्धार टोली विपद् प्रभावित मुख्य क्षेत्रमा […]