काठमाडौँ । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम मिन–सुक सत्तारुढ डेमोक्रेटिक पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। उनले ५४.०८ प्रतिशत मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी जुङ चुङ–रेलाई पराजित गरे। पार्टीको नयाँ र्याङ्क–च्वाइस मतदान प्रणालीबाट भएको निर्वाचनमा किम विजयी भएका हुन्। उनले आफ्नो कार्यकालमा राष्ट्रपति र सरकारलाई रचनात्मक सहयोग गर्दै पार्टी र सरकारबीच सन्तुलित र सहयोगात्मक सम्बन्ध कायम […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्न रक्षा मन्त्रालय (पेन्टागन) लाई निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको अभ्यासमा अमेरिकाको तर्फबाट भइरहेको ठूलो खर्च र यसले दिने सन्देशका कारण आफू सन्तुष्ट नरहेको उल्लेख गरेको हो । ‘दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी हुने […]
काठमाडौँ । इण्डोनेसियाको इस्ट नुसा टेन्गारा (एनटीटी) प्रान्तमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले सोमवार यसको पुष्टि गरेको हो । बीएनपीबीका प्रमुख सुहर्यान्तोकाअनुसार अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेका छन् । उद्धार टोलीले भूकम्पमा […]
काठमाडौं । फिलिपिन्स सरकारले राजधानी मनिलासहित १२ वटा प्रान्तमा भौतिक उपस्थितिमा सञ्चालन हुने विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । उष्णकटिबन्धीय चक्रवात र मनसुनी वायुका कारण जारी भीषण वर्षाले जनजीवन प्रभावित पारेपछि सोमवार यस्तो निर्णय लिइएको हो । राष्ट्रपतिको कार्यालयद्वारा सोमवार जारी गरिएको ‘मेमोरेन्डम सर्कुलर नम्बर १२७’ अनुसार प्रभावित क्षेत्रका शिक्षण संस्था […]
किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला प्रकोप देशको इतिहासमै सबैभन्दा घातक बनेको छ। सरकारी तथ्याङ्क अनुसार हालसम्म त्यहाँ इबोलाका कारण २ हजार ३२५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९४५ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ। डीआर कंगोको सार्वजनिक स्वास्थ्य संस्थाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्रै १०१ […]
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने भ्रमणका लागि आज अपराह्न नेपाल आउँदै छन्। उनको भ्रमणलाई नेपाल–भारत सैन्य सम्बन्धमा हुँदै आएको नियमित उच्चस्तरीय संवाद र सहकार्यको निरन्तरताका रूपमा लिइएको छ। भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिने कार्यक्रम छ। राष्ट्रपति तथा […]
उत्तराखण्ड । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। उत्तराखण्डको चमोली जिल्लास्थित पीपलकोटी क्षेत्रमा बिहीबार अबेर राति दुर्घटना भएको हो। सुरुङभित्र करिब २५ जना कामदार कार्यरत रहेका बेला अचानक पानीको बहावसँगै आएको लेदो र भग्नावशेषले उनीहरूलाई थुनेको थियो। दुर्घटनालगत्तै सुरु गरिएको […]
म्यानमार । म्यानमारको यांगुन क्षेत्रमा ९० जनाभन्दा बढी व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको छ । म्यानमारको स्वास्थ्य मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार यस संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार हाल यांगुनका विभिन्न अस्पतालमा झाडापखालाका लक्षण भएका १७१ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका […]
काठमाडौं । कोलोम्बियामा गत सोमवार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ । राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधवार उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी हालसम्म ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता छन् । राष्ट्रपतिकाअनुसार यस प्राकृतिक विपद्बाट ५३ हजार भन्दा बढी मानिस प्रभावित […]
एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो । अल जजिराले आधिकारिक सरकारी तथ्यांकलाई उद्धृत गर्दै पछिल्लो तीन हप्तामा कम्तिमा एक हजार जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ । मंगलबारसम्म कंगोका पाँच […]