फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी […]

समुद्री विपद् न्यूनीकरणमा एआई मोडेल , चीनका वैज्ञानिकहरूले गरे यस्ताे सार्वजनिक

काठमाडौँ । चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेका छन् । यो प्रणालीले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाहरूको पनि पूर्वानुमान गर्न सक्छ । पूर्वी चीनको शान्दोङ प्रान्तस्थित छिङदाओमा जारी चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा शनिबार यस […]

अमेरिकी मध्यस्थतामा इजरायल-लेबनानबीच युद्धविराम घोषणा, कार्यान्वयनबारे अझै अन्योल

काठमाडौं । अमेरिकाको पहलमा वासिङ्टनमा सम्पन्न उच्चस्तरीय वार्तापछि इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति भएको घोषणा गरिएको छ। तर इरान समर्थित हिजबुल्लाहले गोलीबारी पूर्ण रूपमा बन्द नभएसम्म कुनै पनि सहमति कार्यान्वयन नहुने अडान दोहोर्‍याएपछि सम्झौताको प्रभावकारितामाथि प्रश्न उठेको छ। दुवै मुलुकबीच औपचारिक कूटनीतिक सम्बन्ध नरहे पनि संयुक्त वक्तव्यमा ‘पाइलट जोन’ नामक विशेष नियन्त्रण क्षेत्र […]

दिल्लीको रेस्टुरेन्टमा आगलागी, २१ जनाको मृत्यु

काठमाडौं । भारतको दिल्लीमा रहेका एक रेष्टुरेन्टमा भीषण आगलागी हुँदा हालसम्म २१ जनाको मृत्यु भएको छ । दिल्लीको मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बिहान ८:५० बजे आगलागी भएको थियो। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिकहरू पनि रहेका छन् । सार्वजनिक भिडिओमा केही मानिस आफ्नो ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ। अहिलेसम्म ३७ जनालाई […]

उजुरीको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार

काठमाडौं । साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । उनले सम्झौताअनुसारको तलब र सेवासुविधा नपाई कठिनाइ भोगिरहेको भन्दै गुनासोसहितको उजुरी कार्यालय आएको थियो […]

युक्रेनमा हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु, १३८ घाइते

एपी । रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभ सहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जनाको […]

ट्रम्पको तस्बिरसहित २५० डलरको स्मारक नोट छाप्ने तयारी

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको अवसरमा विशेष स्मारक मुद्रा जारी गर्ने तयारी अघि बढाएको छ, जसअन्तर्गत २५० अमेरिकी डलरको नोटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर र हस्ताक्षर समावेश गर्ने प्रस्ताव सार्वजनिक भएको छ । अमेरिकी कोष विभागका अधिकारी स्कट बेसेन्टका अनुसार उक्त विशेष नोटको प्रारम्भिक डिजाइन तयार पारिएको छ । यद्यपि नोट […]

इरानमा युद्धका लागि ‘बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

काठमाडाैँ । इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन्। सोमबार राति आयोजित समारोहमा राजधानीका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी सहभागी एक विशाल समारोह […]

कंगोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

एजेन्सी । लोकतान्त्रिक गणतन्त्रको कंगोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरूको सङ्ख्या ८० जना पुगेको कंगो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । कंगोलका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ । संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनियाको स्वास्थ्य क्षेत्रमा […]

रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले शनिबार जनाएको छ । भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ । पुटिन […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं