ताप्लेजुङमा परेको असिनाले तरकारी बालीमा करोडौको क्षती

ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार दिउँसो परेको वर्षासहितको असिनाले करोडौ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । शुक्रबार दिउँसो तीन बजेबाट परेको असिनाले आलु खेतीका लागि प्रख्यात फुङ्लिङ नगरपालिका ९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षती पु¥याएको छ । असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौं, गहुँ र तरकारीबालिमा सबैभन्दा बढी क्षती पु¥याएको स्थानीय कृषक समेत […]

संघीय सरकारसँग प्रदेश सरकारको सह–लगानी प्रस्ताव

विराटनगर । प्रदेश १ मा अघि बढेका ठुला विकास आयोजना सञ्चालन गर्न रकम अभाव भएको छ । प्रदेशका चार जिल्लामा अगाडि बढाएका पूर्वाधारका विभिन्न संरचनामा रकम अभाव भएको हो । रकम अभाव भएका पूर्वाधारमा ५ वटा सडक छन् । ती पूर्वाधार विकासका लागि रकम अभाव भएपछि प्रदेश सरकारले संघीय सरकार गुहारेको छ । मन्त्रिपरिषदको बैठक […]

अलैंचीको निर्यात बढ्यो, चीन र यूएईमा समेत निर्यात

विराटनगर । नेपालबाट विदेश निर्यात हुने वस्तुमध्येको एक वस्तु अलैँचीको निकासीको मूल्य र परिणाम बढेको छ । अघिल्लो वर्षको यहि अवधिको तुलनामा चालू वर्षको सात महिने अवधिमा अलैँचीको निकासी बढेको हो । आर्थिक वर्ष २०७७÷७८ को माघ महिनासम्ममा नेपालबाट कुल ४ अर्ब २८ करोड रुपैयाँ बराबरको ५३ लाख ६२ हजार किलो अलैँची निर्यात भएको छ […]

अलैंचीको जात पहिचान गर्न सुरु

ताप्लेजुङ । नेपालमा खेती सुरु भएको वर्षौपछि अलैंचीको जात पहिचान गर्न थालिएको छ । अलैंची विकास केन्द्र इलामले पाँच वटा जात पहिचान गरी दर्ताका लागि कृषि मन्त्रालयमा सिफारिस गरेको छ । नेपालमा खेती हुने १४ वटा अलैंचीका जातमध्ये ५ वटा दर्ताका लागि सिफारिस भएको छ । कृषि मन्त्रालयका महानिर्देशकको संयोजकत्वमा गठित समितिले रामसाई, गोलसाई, डम्वरसाई, […]

ज्योती लाईफको आईपिओ फागुनमानै खुल्ने, गते सार्वजनिक

काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्स कम्पनीको प्राथमिक कित्ता सेयर (आईपिओ) मा यहि फागुन २३ गतेदेखि आबेदन दिन पाईने भएको छ । कम्पनीले ६६ करोड रुपैंयाँ बराबरको ६६ लाख कित्ता सेयर निस्कासन गर्न लागेको हाे । निस्कासन गर्न लागेको कूल आईपिओको ५ प्रतिशत कर्मचारीहरुका लागि तथा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ५९ […]

प्रदेश १ मा घट्यो खेत, ५४ हजार हेक्टरमा मात्रै धान खेती

विराटनगर । डेढ दशकअघिसम्म प्रदेश १ का १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुन्थ्यो । त्यस बेला साढे १६ लाख टनसम्म धान उत्पादन भएको तथ्यांक छ । अहिले ३ लाख १२ हजार हेक्टरमा धान खेती सीमित हुँदा उत्पादन घटेर १२ लाख टनमा झरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका […]

१ करोड लागतमा कञ्चनजङ्घा जाने नयाँ पदमार्ग निर्माण हुँदै

फुङ्लिङ । कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग पाँच करोड रुपैयाँको लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित रु पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ । पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धन गर्नका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले ७० प्रतिशत र गाउँपालिको […]

आजबाट महिला लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं । महिला लघुवित्तको आर्ईपीओ आजबाट बिक्री खुला गरिएको छ । आजबाट आवेदन खुला भएको आईपीओ छिटोमा फागुन ४ गते र ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । महिला लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओ मध्ये […]

ओलाङचुङगोलामा मोबाइल नेटवर्क विस्तार

ताप्लेजुङ । पूर्वोत्तर नेपालको अन्तिम बस्ती ओलाङचुङगोलामा नेपाल टेलिकमले मोबाइल नेटवर्क विस्तार गरेको छ। टेलिकमले स्याटेलाइट प्रविधिबाट चल्ने टावर राखेर बिहीबारदेखि सेवा सुरु गरेको हो। ओलाङचुङगोला ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीन दिन पैदलमा रहेको चीनसँगको सीमावर्ती दुर्गम गाउँ हो। स्थानीय महेन्द्र आधारभूत विद्यालयको प्राङ्गणमा टावर राखिएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। ‘अब मोबाइलबाटै […]

प्याब्सनको केन्द्रीय समितिको वैठक विराटनगरमा बस्ने

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक प्रदेश १ को राजधानी विराटनगरमा बस्ने भएको छ । संघीय राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्याब्सनको केन्द्रीय समितिको बैठक धेरैवर्षपछि विराटनगरमा बस्न लागेको हो । प्याब्सन मोरङको कार्यालयमा २२ गते केन्द्रीय समितिको सचिवालय बैठक र २३ गते होटल स्टर्नस्टारमा केन्द्रीय कार्यसमितिको वैठक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं