चौतारीले गठन गर्यो केन्द्रीय सल्लाहकार समिति

काठमाडौं । प्रेस चौतारी नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ । आज सम्पन्न सचिवालय बैठकले निवर्तमान अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । बैठकले सल्लाहकार समितिको सचिवमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई चयन गरेको छ । सल्लाहकार समितिमा प्रेस चौतारी नेपालका संस्थापक नेता, पूर्वअध्यक्ष र पदाधिकारीसहित बरिष्ठ पत्रकारहरु […]

नयाँ वर्षको शुरुआतीमा प्रमले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शरुआतीका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रम ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन्।

प्रचण्ड नकरात्मक हुँदा मेरो संसद पद गुम्यो : मन्त्री टंक आङ्बुहाङ

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नकरात्मक मानसिकतामा पुगेको बताएका छन् । प्रचण्ड सकरात्मक भएको भए जनताबाट अनुमोदित आफ्नो सांसद पद नगुम्ने उनको भनाई छ । ‘उहाँ ‘हार्ड एण्ड फास्ट’ हुनुभयो र कारबाहीबारे आरोप लगाउन चाहन्नँ तर सकारात्मक भए जनताबाट अनुमोदित ममाथि न्याय गर्ने […]

आज फागु पूर्णिमा उल्लासपूर्वक मनाइंदै, सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट […]

प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले दुई वटा प्रतिवेदन पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो १ बजेदेखि सुरु हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार […]

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, सरकारका मन्त्री र पूर्व प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि निम्ता गरेकी छन्। राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएकी हुन्। भण्डारीले शीतलनिवासमा सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि बोलाएकी हुन्।

संघीय सरकारसँग प्रदेश सरकारको सह–लगानी प्रस्ताव

विराटनगर । प्रदेश १ मा अघि बढेका ठुला विकास आयोजना सञ्चालन गर्न रकम अभाव भएको छ । प्रदेशका चार जिल्लामा अगाडि बढाएका पूर्वाधारका विभिन्न संरचनामा रकम अभाव भएको हो । रकम अभाव भएका पूर्वाधारमा ५ वटा सडक छन् । ती पूर्वाधार विकासका लागि रकम अभाव भएपछि प्रदेश सरकारले संघीय सरकार गुहारेको छ । मन्त्रिपरिषदको बैठक […]

प्रधानमन्त्रीले भने ‘सोचेभन्दा चाँडो विकास भइरहेको छ’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले छोटो समयमानै विकासको गतिमा फड्को मारेको बताएका छन् । उनले अब नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गर्नेसमेत दाबी गरे । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित ‘प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]

मुख्यमन्त्री राई झनै शक्तिशाली, माओवादी दलको नेता विहिन बन्दै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव सदनमा पुगेको छ । छलफलका लागि प्रदेशसभामा पुगेको अविश्वास प्रस्तावका पक्ष र विपक्षमा सांसदले उभिने समयमा सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र अलग पार्टी भएपछि मुख्यमन्त्रीलाई राहत मिलेको छ । यस अघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भएको […]

ताप्लेजुङका दुई माओवादी नेता बने एमाले केन्द्रिय सदस्य

ताप्लेजुङ । ताप्लेजुङका एक प्रदेश सांसदसहित दुई माओवादी नेताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । प्रदेश १ सांसद टंक आङ्बुहाङ र पूर्व सांसद पाशाङ् शेर्पा माओवादी केन्द्र छाड्दै एमालेमा प्रवेश गरेका हुन् । आङ्बुहाङ र शेर्पा दुबैजना माओवादी केन्द्रको केन्द्रीय सदस्य थिए । दुबै जनालाई शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा