विराटनगर । कोरोना महामारीले पारेको असरलाई मध्यनजर राख्दै स्वास्थ्य क्षेत्र प्राथमिकतामा राख्दै प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सरकारी अस्पतालको सुधार, हरेक तहमा स्वास्थ्यकेन्द्र र समयमा खोप सहितको कार्यक्रम समेटेको नीति तथा कार्यक्रम विहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले प्रदेशसभामा पेश गरेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९)को असर सबैभन्दा बढी स्वास्थ्य, कृषि र रोजगारामा परेकोले ती क्षेत्र महत्वका साथ समेटिने उनले उल्लेख गरे । कृषकलाई दिईने विशेष राहत र त्यसपछि कृषि पेशामा लगानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कोरोना भाइरस नियन्त्रण र आगामी समय देखिने महामारीसँग जुध्न प्रभावित क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम तयार पारिएको प्रमुख प्यासीले सदनमा जनाए ।