Lite Nepal

मंगलबार, जेठ २५, २०७८

ताप्लेजुङ । प्रदेश १ का सांसद प्रताप प्रकाश हाङ्गामले ताप्लेजुङमा अक्सिजन प्लान्ट निर्माणका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै हाङ्गामले ताप्लेजुङ कोरोनाको ‘हटस्पट’ बनेको र त्यहाँका नागरिकले अक्सिजन नपाएरनै मर्नपर्ने अवस्था आएकाले अब आउने बजेटमा १ करोड रुपैयाँ बिनियोजन गर्न आग्रह गरे ।

‘मैले मुख्यमन्त्रीलाई फोन गरेँ उठेन, अर्थमन्त्रीलाई डाईरेक भनेको छु, स्वास्थ्यमन्त्री त्यहाँ १ नंबरमा टिपिहाल्नुस,’ उनले भने ‘कहाँबाट हुन्छ त्यो १ करोड बजेट चाहियो ।’

उनले संसद विकास कोषको रकम पनि छुटिनु पर्ने भन्दै नछुट्याए सदनमा ऐतिहाँसिक घटना हुने चेतावनी दिए । ‘त्यो संसदलाई दिने संसद कोषमा १ करोड छुटियोस, नभए सदनमा ऐतिहाँसिक घटना हुन्छ, यहाँ हाम्रो मान हानी भयो,’ उनले आक्रोसित हुँदै भने ।

सरकार विरुद्ध ल्याईने अविश्वासको प्रस्तावमा मतदान खुल्ला नभई गोप्य गर्नुपर्ने माग गरेका उनले हुन्छ र हुन्न भन्दै आवाजको आधारमा गरिने सदनका निर्णको पनि आलोचना गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं