विराटनगर । प्रदेश नम्बर १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ ।
उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित घलेलाई कोरोना संक्रमण भएको हो ।
उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारमा बस्दै आएकी राज्यमन्त्री घलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अहिले सामान्य अवस्था रहेकी घले होम आइसोलेशनमा बस्दै आएकी छिन । राज्य मन्त्री घलेसँगै स्वकीय सचिव सञ्जिब कार्की, पीएसओ र सवारी चालक समेत कोरोनाबाट संक्रमित भएका छन् ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएकाले सबै होम आईसोलेसनमा बसेका छन् ।