विराटनगर । प्रदेश १ सहित चार वटै प्रदेशले आज आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।
प्रदेश १, प्रदेश २, बागमती र सुदुरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेका हुन् ।
प्रदेश १ सभामा आज दिउँसो ३ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै प्रदेश नम्बर २ सभामा दिउँसो २ बजे प्रदेश प्रमुख राजेश झा, बागमती प्रदेशसभामा दिउँसो साढे ३ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई र सुदुरपश्चिम प्रदेशसभामा दिउँसो ४ बजे प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयहरुले जनाएको छ ।