काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ। ‘पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ’, […]
विराटनगर । गर्मी मौसम पाकेको आँपको मौसम हो । यो मौसममा स्वादिष्ट आँप खान धेरैलाई मन पर्छ । आँपमा कयौँ प्रकारका पोषक तत्वहरु पाइन्छन् । आँपमा प्राकृतिक मिठास हुन्छ । सबै प्रकारका व्यक्तिले आँप मन पराउँछन् । पाकेको आँपको स्वाद गुलियो हुन्छ । त्यसैले पाकेको आँप मधुमेहका रोगीले खान हुन्छ कि हुँदैन ? आँपमा भिटामिन […]
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी छन्। बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट भएका ४० कविलाई पछि पार्दै कविता प्रथम भएकी हुन्। उनको ‘देशको नक्सा’ बोलको कविता प्रथम भएको छ। त्यसैगरी अमृता स्मृति द्वितीय, सविता बराल, निरञ्जनाकुमारी चन्द र प्रकाश सिलवाल तृतीय […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताए । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए । यस अगाडि […]
काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने केहीले आज पेस गर्न लागेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी […]
हेर्दा हट्टाकट्टा देखिने राजीव मोक्तान (४४) अचानक छाती दुखेपछि अस्पताल पुगे । छातीको एन्जिओग्राफी गरियो । मेडिकल रिपोर्ट हेरेर परिवारका सदस्य मात्र होइन, मुटुरोग विशषज्ञ नै चकित परे । मोक्तान भन्छन, ‘यसअघि त्यस्तो खासै समस्या परेको थिएन । रिपोर्ट हेर्दा त साठी प्रतिशत रगत बहने नसा ब्लक भएको रहेछ ।’अहिले उनी रक्तनली ब्लक गर्न भूमिका खेल्ने खराब कोलेस्टेरोल (एलडीएल) घटाउने […]
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशको बजेट पुरानो जिल्ला विकास समिति (जिविस)को जस्तो अनुदानमा आधारित भएको बताएका छन् । प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक विधेयक २०७८ मा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले प्रदेशको बजेट केन्द्रको अनुदानमा चल्नुपर्ने पुरानो जिविसको जस्तो भएको बताए । ‘केन्द्रको अनुदानमा मात्रै टिकेर […]
विराटनगर, ९ असार । प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा […]
पशुपति आर्यघाटको पूर्वोत्तर क्षेत्रमा सेल्फी लिइरहेका भेटिए, उदयपुर गाइघाटकी पुनम राई (१९) र काभ्रे भकुण्डेका राजीव खत्री (२१) । सेल्फी किन खिच्नुहुन्छ भन्ने प्रश्नमा उनीहरूको सहज उत्तर थियो, ‘अरू कसलाई खिच्देऊ भन्नु खै । आफैँले खिच्ने हो, पोजपोजमा ।’ यस्ता सेल्फीप्रेमीहरू आजभोलि यत्रतत्र पाइन्छन् । ‘सेल्फी’ शब्द उच्चारण नगर्ने युवा विरलै भेटिन्छन् । तर, सेल्फी के हो ? कति ठिक […]
काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् । साविकको तुलनामा […]