विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नया संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । पाठ्यक्रम विकास तथा मुल्याङकन परिषदको बुधबार सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले […]
विराटनगर । विराटनगर महानगरपालिका–३ मा सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएर उपचारका लागि लगिएपछि मृत्यु भएका चालकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका–३ घर भएका राजु ढकालको मृत्यु कोरोनाका कारण नभएको पाइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवासनजिक […]
विराटनगर । संघीय सरकारद्धारा उपलब्ध कोरोना भाइरसविरुद्ध चीनले उत्पादन गरेका भेरोसेल खोप लगाउन बुधबार प्रदेश १ का अधिकांस जिल्लामा भिड देखियो । अत्याधिक भिड नियन्त्रण गर्न प्रहरीनै परिचालन भएका दृष्य समेत देखिए । बृद्धबृद्धा त्यसमा पनि भिडमा ठेलठालको दृष्यले पुनः कोरोना यसै स्थानबाट त सर्दैन भन्ने प्रश्न समेत उब्जाएको छ । सामाजिक दुरी बिना लाईनमा […]
एजेन्सी । दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन् । यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकि रहेको जनाएको छ । राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात […]
विराटनगर । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५०७ जना कोरोना संक्रमित […]
काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार विपक्षीका नाममा कारण देखाउ ओदश दिएको हो । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित विपक्षीको नाममा देखाउ आदेश दिएको हो । रिट निवेदकको माग अनुसार अन्तरिम आदेश नदिएको […]
पाँचथर । पाँचथरमा श्रीमानको किरियामा बसेका बेला आगोले जलेर घाइत वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । श्रीमान भगीरथ सापकोटाको किरियामा बसेका बेला सिलिण्डर ग्यास लिक भएर आगो लाग्दा जलेर घाइते भएकी फिदिम नगरपालिका–४ की ७२ वर्षीया चनमाया सापकोटाको मृत्यु भएको हो । सोमबार राति भएको आगालागीको घटनामा घाइते भएकी बृद्धालाई उपचारका लागि मेची अस्पताल […]
झापा । झापा बिर्तामोड १० ठुटेबर चोकमा एक बालकको करेन्ट लागेर मृत्यू भएको छ । मृत्यू हुनेमा स्थानीय कुमार गुरुङका ३ बर्षीय छोरा अभिनास गुरुङ रहेका छन् । बुधबार बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका बालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका […]
विराटनगर । दोस्रो भेरियन्ट सुरु भएयता प्रदेश १ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ट्राफिक प्रहरीमध्ये झन्डै आधा मोरङका रहेका छन् । हालसम्म प्रदेश १ मा कार्यरत ३७ जना ट्राफिक प्रहरी संक्रमित बनिसकेका छन् । प्रदेशभरि संक्रमण पुष्टि हुनेमा प्रहरी निरीक्षक (इन्सपेक्टर) एक, नायव निरीक्षक (सइ) दुई, सहायक निरीक्षक (असइ) तीन, हवल्दार आठ, प्रहरी जवान […]
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताउनु भएको हो […]