Lite Nepal

मंगलबार, बैशाख १२, २०८०

काठमाडाैं – प्रमुख राजनीतिक दलका नेताले उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पु¥याएको प्रतिक्रिया दिनुभएको छ ।

तनहुँ, चितवन र बारामा गत आइतबार भएको निर्वाचनको नतिजाबारे सञ्चारकर्मीको जिज्ञासामा उहाँहरुले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको परिणामलाई गम्भीर चिन्तन मनन्का साथ समीक्षा गर्दै कमीकमजोरी पहिचान गरी सुधार्नेतर्फ काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, निर्वाचनको नतिजाले हामीलाई ठूलो शिक्षा दिएको छ, जनताका चाहना र आवाजलाई के कति पूरा भए भएन त्यो पनि समीक्षा गर्नुपर्छ ।”

नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले प्रजातान्त्रिक प्रक्रियामा जनताले दिएको अभिमतलाई सम्मान गर्नुपर्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “रवी लामिछाने जी विद्रोही होइन, संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्नुभएको छ, ठूला दलभित्र रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई चुनावी नतिजाले बल पुगेको छ, तर कुनै चमत्कार भने भएको होइन ।”

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक हेरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “जनताको अभिमत लोकतन्त्र हो, निर्वाचनको नतिजाबारे पार्टीभित्र गम्भीर छलफल र विश्लेषण हुन्छ, तर एउटा क्षेत्रको निर्वाचनको परिणामलाई समग्रमा लिएर विश्लेषण गरिनुहुन्न ।”

नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटाले उपनिर्वाचनको परिणामबाट मुलधारका मानिएका पार्टीले आफूलाई गम्भीरताका साथ सच्याउनुपर्छ भन्ने सन्देश प्राप्त भएको बताउनुभयो । “पुराना दलहरुले नियमित लयलाई बदलेर जनताको भावनाअनुसार काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।––

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं