एमालेले ७ विषयमा सातै प्रदेशमा बैचारिक प्रशिक्षण सञ्चालन गर्दै

काठमाडौं – बैचारिक रुपमा कार्यकर्ता कमजोर हुँदै गरेको टिप्पणी भइरहेका बेला एमालेले सातवटा विषयमा केन्द्रीत भएर प्रशिक्षण सञ्चालन गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले अस्ती जेठ ३० र असार १९ गते बसेका सचिवालयका बैठकका निर्णयका आधारमा आज जारी गरेको अन्तरपार्टी निर्देशनमा उक्त कुरा उल्लेख गरिएको छ । (अपानीमा ‘बैचारिक प्रशिक्षण’ शिर्षकमा उल्लेख भए […]

साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । संघ र प्रदेशको निर्वाचनको मिति साउन ४र५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए । ‘अब इलेक्सनको […]

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन्। अनाधिकृत व्यक्तलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादी बन्दै आएका छन्। मन्त्री पदबाट राजीनामा दिन उनलाई चौतर्फी दबाब आएको थियो। अन्नपूर्ण पोस्ट्को छापा संस्करणमा गत ३० जेठमा ‘बिहानी प्रहर जब पूर्वनासुले बजेट […]

प्रदेश १ मा आयो डिएपी र पोटास मल, बिक्री–वितरण सुरु

विराटनगर – किसानलाई धानबालीका लागि आवश्यक पर्ने डिएपी र पोटास मल कृषि सामग्री संस्थान प्रदेश कार्यालय विराटनगरले वितरण गरिरहेको छ । कार्यालयका प्रमुख नरेश सापकोटाका अनुसार प्रदेश सरकार र स्थानीय कोटाअनुसार विसं २०७८ चैतदखि अहिलसम्म डिएपी एक हजार १८६ मेट्रिक टन र पोटास ७६ मेट्रिक टन वितरण गरिएको जानकारी दिनुभयो । संस्थानले प्रदेशका १४ जिल्लामा […]

दलीय सङ्गठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : एमाले महासचिव

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ सङ्गठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनद्वारा आज आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति ः अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा उहाँले विश्वविद्यालयहरू खुल्नु र सञ्चालन हुनु राजनीतिबाट टाढा विषय नभए पनि दल र सङ्गठनबाट विरोधका नाममा […]

काठमाडौं महानगरको सार्वजनिक स्थलमा अब भिक्षा माग्न निषेध

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा भिक्षा माग्न निषेध गरेको छ। महानगरले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिक्षा माग्न निषेध गरेको हो। महानगरले साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा […]

माथि बल्दैन ट्राफिक लाइट, तल प्रहरीलाई भ्याईनभ्याई (फोटो फिचर)

काठमाडौं – राख्नुपर्ने ठाउँमा नै छन् ट्राफिक लाइट । चारै तर्फ फर्काइएका पनि छन् । तर, बल्दैनन् । चार तिर जाने बाटोमा ट्राफिक प्रहरीलाई भ्याइनभ्याई हुन्छ सँधै । दृष्य हो, काठमाडौ र भक्तपुरको सीमाना जडीबुटी चोकको । यो स्थान सडक जामको पर्याय नै बन्छ – ‘जडीबुटीको जाम जस्तो ।’ ‘जडीबुट्टीको जामले ढिला भयो है,’ त्यो […]

कात्तिक वा मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त

काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको […]

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या घढ्दै

ताप्लेजुङ – हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको सङ्ख्या पछिल्लो समय घढ्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घढ्दै गएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा कञ्चजङ्घा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ । विश्वमा दुर्लभ जनवार हिउँ चितुवाको प्रमुख […]

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी -बर्दघाट–सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं