पब्जीको ‘विश्वकप’मा दुई नेपाली टोली, हारे पनि ल्याउने छन् एक करोडभन्दा बढी रकम

काठमाडाैं – चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्। आउँदो ज्यानुअरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्। चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम चालिस लाख […]

समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु, सच्याउन सोमबारसम्मको समय

काठमाडौं – दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट […]

घनश्याम भूसाल र प्रभु साह एमालेबाट निष्कासित

काठमाडौं – नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भूसाल र साहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाहीको निर्णय गरेको […]

आज चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा

ताप्लेजुङ – लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो […]

जब तिर्थयात्रीले पाथीभरामा रेडपान्डा उफ्रँदै गरेको भेटे

ताप्लेजुङ — हरेक बिहान माथिल्लो फेदीबाट उकालो चढ्ने र दिउँसो ओरालो झर्ने राजेन्द्र महतले रेडपान्डाका बच्चाको हूल देखे । क्याउँक्याउँ कराउँदै आफूनजिक आएका बच्चालाई तीर्थयात्रीले हातले सुमसुम्याए र फोटो/भिडियो कैद गरे । एउटा माउको पछिपछि तीन बच्चा हिँडिरहेको दृृश्य तीर्थयात्रीका लागि अनौठो थियो । पाथीभरा मन्दिरका कर्मचारीसमेत रहेका राजेन्द्रले नजिस्क्याउन र अलग्गैबाट तस्बिर लिन तीर्थयात्रीलाई सुझाए । मानवीय दूरीबाट […]

वेलिङ्घम सुपरस्टार बन्लान् ?

दोहा – वाइन रुनी १८ वर्ष अगाडि आफूलाई सम्झिँदै भन्छन्, ‘म विश्वकै उत्कृष्ट खेलाडी थिएँ। म जत्तिको कोही पनि थिएनन्।’ १८ वर्षका रुनीले अमाजन प्राइमको एक डकुमेन्ट्रीमा भनेका छन्, ‘म यसमा विश्वस्त थिएँ। पेले, डियगो म्याराडोना वा जर्ज बेस्ट पनि थिए। तर, त्यसको मतलब थिएन।’ त्यसबेलाका इङ्लिस प्रशिक्षक स्भेन गोरन एरिक्सन पनि रुनीकै कुरामा समर्थन […]

प्रदेश १ मा सरकार बनाउन जसपा निर्णायक, को बन्छ मुख्यमन्त्री ?

विराटनगर – प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टी (जसपा) समानुपातिक मतका आधारमा प्रदेश १ मा सरकार बनाउन निर्णायक हुने देखिएको छ । समानुपातिकतर्फ ल्याएको ६१ हजार ७२३ मतका आधारमा जसपाले पाउने एउटा सिट सरकार निर्माणमा निर्णायक बन्ने भएको हो । यद्यपि समानुपातिकबाट सांसद चयन हुने प्रक्रिया बाँकी नै छ । नेकपा (एमाले) सँग […]

योगेश भट्टराई र केपी ओलीले साटे बालकोटमा बधाई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर बधाई साटासाट गरेका छन् । भट्टराईंले ताप्लेजुङबाट दोस्रोपटब चुनाव जितेका हुन् । सोमवार बिहान अध्यक्ष ओलीलाई भेट्न उनी बालकोटस्थित ओली निवास पुगेका थिए । भट्टराईले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पराजित गरेका थिए ।

१४ वर्षपछि विराटनगर-ताप्लेजुङ परीक्षण उडान, अब नियमित होला ?

ताप्लेजुङ — नेपाल वायु सेवा निगमले विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरेको छ । नियमित उडान छोडेको १४ वर्षपछि परीक्षण गरेको हो । स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बुका अनुसार बिहीबार बिहान यात्रु लिएर काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको थियो । सिनियर पाइलट पेम्बा शेर्पा र मनिष विष्टले उडान भरेको निगमले जनाएको छ । प्रदेश राजधानी विराटनगर उडान […]

प्रदेश १ मा मुख्यमन्त्री बन्न एमालेभित्र मेन्याङ्बो र कार्कीको दौड

सुनसरी — प्रदेश १ मा मुख्य मन्त्री र सभामुख को-को होलान् ? यतिबेला पूर्वमा सबैको चासो मुख्यमन्त्री र सभामुख बन्न चाहने आकांक्षीहरूको बारेमा चर्चा चल्न थालेको छ । ७ प्रदेशमध्ये प्रदेश १ मा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीचको चुनावी गठबन्धनले बहुमत प्राप्त गरेपछि विशेष गरी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं