विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरेका कामको फेहरिस्त तयार गरेर एक महिनाभित्र सबैका गोजीमा पुर्याउने बताउनुभएको छ । काम नभएको भनेर भइरहेको आलोचनाप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले तीन वर्षमा प्रदेश सरकारले गरेका कामको फेहरिस्त सबैका गोजी–गोजीसम्म पुग्ने दाबी गर्नुभयो । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ओखलढुङ्गाको भवन उद्घाटन गर्दै […]
काठमाडौं । संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड(माधव समूहको नेकपाले २८ गते बुधबार जनप्रदर्शन गर्ने जनाएको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको सूचना जारी गर्दै प्रचण्ड समूहको नेकपाले सरकार विरुद्ध जनप्रदर्शनका लागि आह्वान गरेको हो । नेकपाको जारी विज्ञप्ति अनुसार पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा […]
काठमाडौं । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतबार […]
ताप्लेजुङ । पूर्वोत्तर नेपालको अन्तिम बस्ती ओलाङचुङगोलामा नेपाल टेलिकमले मोबाइल नेटवर्क विस्तार गरेको छ। टेलिकमले स्याटेलाइट प्रविधिबाट चल्ने टावर राखेर बिहीबारदेखि सेवा सुरु गरेको हो। ओलाङचुङगोला ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीन दिन पैदलमा रहेको चीनसँगको सीमावर्ती दुर्गम गाउँ हो। स्थानीय महेन्द्र आधारभूत विद्यालयको प्राङ्गणमा टावर राखिएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। ‘अब मोबाइलबाटै […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपीशर्मा ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ। काठमाडौँको ट्राफिक जाम नहोस् भनेर जनसभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए। जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने उनले बताए। कमिटीले प्रतिनिधिसभा विघटन […]
काठमाडौं । प्रधानमन्त्री केपी ओली समूहले राजधानीमा मार्चपास सुरु गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आमहडताल गरेकै दिन यो समूहले राजधानीमा मार्चपास गरेको हो। महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास सुरु गरेको हो। राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास सुरु गरेका हुन्। मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर […]
विराटनगर । नेकपाको आब्हानमा भएको आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ । विराटनगरबाट बाहिरिने र भित्रने कनैपनि सार्वजनिक सवारी सञ्चालनमा छैनन् । मोटरसाईकल, अटो र साइकल भने सामान्य रुपमा सडकमा दैडिएका छन् । बन्दकर्ताहरु चोकचोकमा भेला भएर बसेका छन् । उनीहरुले सडकमा सार्वजनिक ठुला तथा साना सवारीका साधन सञ्चालन गर्न रोकेका […]
विराटनगर । झापाको शिवसताक्षीमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ९ दुधेमा बुधवार राती पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका ११ का ४१ […]
विराटनगर । झापाको बिर्तामोडमा बसको ठक्करबाट एक पैदयात्रीको मृत्यू भएको छ । बिर्तामोड नगरपालिका १ मंगलबार दिउँसो पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख १५२० नम्बरको बसले ठक्कर दिंदा बिर्तामोड नगरपालिका ६ का ३२ वर्षीय सागर मिश्रालाई ठक्कर दिंदा घाईते भएका थिए । घाईते मिश्राको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ। संविधान सभा सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएको बारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं।’ यसैबीच प्रचण्ड(नेपाल पक्षले पेरिसडाँडामा […]