काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् । उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार […]
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेसँग संसद् र सडक दुवैमा एमालेसँग सहकार्य गर्ने घोषणा गरेका हुन् । ‘अहिलेको परिस्थितिमा संसद्मा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीबार राति विद्युतीय मतदान मेसिनबाट भएको मतदानको परिणाम सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार खुल्लातर्फ डा.स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले २६०७ मत […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा कोशी प्रदेशमा सबैभन्दा बढी मत निशा मेहताले पाएकी छिन् । मेहताले सबैभन्दा बढी १८६१ मत प्राप्त गरेकी हुन् । त्यसपछि विश्वराज पोखरेलले १४६० मत, शोभा कार्कीले १२०४ मत र कल्पना थापाले ९३९ मत प्राप्त गरेका छन् । यस्तै सुजाता तामाङले ८३९ मत, लालविक्रम थापाले […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले २६५६ मत प्राप्त गरेका हुन् । बिहान सकिएको निर्वाचनको मत परिणाम साँझ मात्रै सार्वजनिक गरिएको हो ।
चितवन । रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ । संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ । उक्त मत परिणामको नतिजा राति साढे १ बजे हुनेछ । त्यसअघि पदाधिकारी पदको फाराम वितरण बिहीबार साँझ […]
विराटनगर । नेकपा (एमाले) ले मोरङ बेलबारी नगरपालिका-३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष सुवेदी रास्वपा महाधिवेशनमा प्रतिनिधि भएर चितवन पुगेपछि कारबाही गर्दै पदमुक्त गर्न सिफारिस गरिएको हो । ९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारीको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एमाले मोरङका सचिव सोमराज थापाले […]
काठमाडौँ । प्रधानमन्त्रीपत्नी सविना काफ्लेले चितवनबाट काठमाडौँ फर्किने क्रममा सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नभएको प्रस्टीकरण दिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी भई चितवनबाट काठमाडौँ फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि काफ्लेले उक्त झोला सम्बन्धित सुरक्षाकर्मीकै रहेको सामाजिक सञ्जालमा एक वक्तव्य जारी गदै स्पष्टीकरण दिएकी हुन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो । मतदान सुरु भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गर्न थालेका छन् । असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १० बजेसम्म जारी रहने बताइएको […]
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानुनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गरिएको छ । पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमल किशोर […]