पर्यटनमन्त्री आले विरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी परेको छ । अश्लिल शब्द प्रयोग गरिएका अडियोहरू एकपछि अर्को गरी सार्वजनिक भएपछि कानुन व्यवसायी किशोर पौडेल, अनुपम भट्टराई र कानुनका विद्यार्थी रेजिना पौडेयालले ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता उलंघन’ गरेको भन्दै आलेविरुद्ध उजुरी दिनुभएको हो । केही दिनअघि मन्त्री आलेले नेपाल […]

दुबईमा मेडिकल र नर्सिङ कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा ५ सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गर्नुभएको हो । ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उहाँले […]

प्रधानमन्त्रीले संसदीय समितिलाई इग्नोर गर्न मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौं – नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले संसदीय समितिको बैठक बहिष्कार गर्न नमिल्ने बताउनुभएको छ । संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबार ज्ञवालीले बैठकलाई इग्नोर गर्न नमिल्ने बताउनुभएको हो । ‘उहाँको समय अनुसार बैठक राख्न मिल्छ। तर इग्नोर गर्न मिल्दैन’, उहाँले भन्नुभयो,‘ भ्रमण तय भएको छैन भने पनि उहाँले […]

पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । ‘एकता विभाजनको श्रृङ्खला पार गरेर यहाँ आइपुगेका छौं। माओवादी आन्दोलनभित्र पनि विभाजनको श्रृङ्खला र एकताको नयाँ प्रक्रिया हुँदै करिब करिब कस्तो ठाउँमा आइपुगेका […]

प्रधानमन्त्रीले छले संसदीय समिति पनि, देउवाविरुद्ध खेद प्रस्ताव पारित गर्न भिम रावलको माग

काठमाडौं – अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपालको संलग्नता सम्बन्धमा जानकारी दिन संसदीय समितिमा उपस्थित नभएको भन्दै सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देउवालाई बोलाए पनि अन्तिम समयमा बैठकमा आउन नसकिने जवाफ पठाउनुभएको थियो । आइतवार बसेको बैठकमा सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले संसदीय समितिको अपमान गरेको […]

ताप्लेजुङमा निरन्तर वर्षा, ८ घर पहिराले बगायो

ताप्लेजुङ ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले […]

बालेन र सुनिताको नेतृत्वमा काठमाडौं महानगरको नीति कार्यक्रम आज

काठमाडौं – काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाले जनाएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो। महानगरमा १९ जना […]

झापामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको छ । लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको टोली परिचालन गरेको हो । जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले बिर्तामोड डेङ्गुको जोखिम क्षेत्रभित्र रहेको जानकारी दिनुभयो । नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरु गरिएको नगरप्रमुख पवित्रा महतारा […]

बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं – गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताउनुभयो । हिमाली जिल्ला […]

निरन्तर वर्षा र तुँवालोले ताप्लेजुङमा उडान अवरुद्ध

ताप्लेजुङ – ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा