Lite Nepal

आइतबार, साउन ३२, २०७७

एजेन्सी । इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी) का केही सूत्रले सुशान्तसिंह राजपुतकी पूर्वप्रेमिका अंकिता लोखन्डेको फ्ल्याटको ईएमआई सुशान्तले तिर्ने गरेको भन्‍ने खबर सार्वजनिक गरे ।

यो खबरको खण्डन गर्दै अंकिताले आफ्नो इन्स्टाग्रामा आफ्नै बैंक खाताबाट ईएमआई तिरेको बैंक विवरण सार्वजनिक गरेकी छिन् ।

उनले स्टेटमेन्ट सेयरगर्दै लेखेकी छिन्, “यहाँ मैले मेरोबारे आएको हल्लालाई प्रस्ट्याउन खोजेकी छु । म सकेसम्म पारदर्शी हुन खोजेको छु ।

मेरो फ्ल्याटको दर्ताका साथै मेरो बैंकको स्टेटमेन्ट (०१/०१/१९ देखि ०१/०३/२०) मा ईएमआईको रकम मेरो बैंक खाताबाट मासिक रुपमा काटिएको छ भन्‍ने कुरा प्रकाश पार्दै छु । योभन्दा बढी मलाई केही भन्नु छैन ।”

६ वर्ष लामो प्रेमसम्बन्ध २०१६ सालमा टुंग्याएर उनीहरु अलग भएका थिए । ईडीले सुशान्तको घटनाको आर्थिक पक्षलाई लिएर अनुसन्धान गरिरहेको छ । -बलिउड हंगामा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा