Lite Nepal

आइतबार, साउन ३२, २०७७

एजेन्सी । इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी) का केही सूत्रले सुशान्तसिंह राजपुतकी पूर्वप्रेमिका अंकिता लोखन्डेको फ्ल्याटको ईएमआई सुशान्तले तिर्ने गरेको भन्‍ने खबर सार्वजनिक गरे ।

यो खबरको खण्डन गर्दै अंकिताले आफ्नो इन्स्टाग्रामा आफ्नै बैंक खाताबाट ईएमआई तिरेको बैंक विवरण सार्वजनिक गरेकी छिन् ।

उनले स्टेटमेन्ट सेयरगर्दै लेखेकी छिन्, “यहाँ मैले मेरोबारे आएको हल्लालाई प्रस्ट्याउन खोजेकी छु । म सकेसम्म पारदर्शी हुन खोजेको छु ।

मेरो फ्ल्याटको दर्ताका साथै मेरो बैंकको स्टेटमेन्ट (०१/०१/१९ देखि ०१/०३/२०) मा ईएमआईको रकम मेरो बैंक खाताबाट मासिक रुपमा काटिएको छ भन्‍ने कुरा प्रकाश पार्दै छु । योभन्दा बढी मलाई केही भन्नु छैन ।”

६ वर्ष लामो प्रेमसम्बन्ध २०१६ सालमा टुंग्याएर उनीहरु अलग भएका थिए । ईडीले सुशान्तको घटनाको आर्थिक पक्षलाई लिएर अनुसन्धान गरिरहेको छ । -बलिउड हंगामा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं