Lite Nepal

आइतबार, साउन ३२, २०७७

मोरङ । मोरङको दुहबी नगरपालिकामा ‘श्रमिक क्वारेन्टिन’ निर्माण प्रक्रिया सुरु भएको छ।

शनिबारदेखि सुरु भएको श्रमिक क्वारेन्टिन ३०० बेड क्षमताको हुनेछ।

उक्त क्वारेन्टिनमा कोभिड-१९ पोजिटिभ देखिएका कर्मचारीलाई राख्न प्रयोग हुनेछ।

उद्योगमा काम गर्ने कर्मचारी संक्रमित भएमा राख्न क्वारेन्टिन निर्माण गर्न लागेको मोरङका व्यवसायीले जानकारी दिएका छन्।

व्यवसायीहरूका अनुसार दुहवी नगरपालिका, प्रदेश सरकार र मोरङका उद्योगी व्यवसायीले संयुक्तरूपमा क्वारेन्टिनको निर्माण गर्नेछन्।

श्रमिक क्वारेन्टिन दुहवी नगरपालिकाका लिलामीमा रहेका पुराना उद्योगले बनाएको कर्मचारी वासस्थान र उद्योग परिसरमै बनाइने बताइएको छ।

मोरङमा कोरोनाको संक्रमण बढेसँगै मोरङ उद्योग संगठनको पहलमा संक्रमित कर्मचारी राख्न क्वारेन्टिन बनाउन लागिएकाे हाे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं