Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

काठमाडौं । विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर ‘रौद्ररुप’ देखाएकी छन् ।

विक्षिप्त मनोदशामा देखिएकी उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलिन् ।

‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् ।

त्यसपछि उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन् ।

एक व्यक्तिको नाम लिएर धम्कीसमेत दिन पुगेकी छन् ।

ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।

पूर्वयुवराज पारससँग सोनिकाको अफेयर रहेको चर्चा केही समयदेखि चलेको थियो । तर, उनीहरु अहिले अलग भएको बताइएको छ ।

सोनिका गाउँको घरबाट फेसबुक लाइभमा आएकी हुन् ।

पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागिपरेको बताउने गर्थिन् । onlinekhabar

https://www.facebook.com/pooza.rokaya.9/videos/1246731149003254

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं