Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं । अन्ततः नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एपीवान टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको झगडा मिलापत्रमा टुंगिएको हो ।

नेपाल कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायतले नायिका र पत्रकारबीचको विवाद मिलाउन निकै प्रयास गरेका थिए । सोही प्रयासले बिहीबार सार्थकता पाएको हो ।

सुवेदी र शर्माबीचको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका का.वा.अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।

अबदेखि एकले अर्कालाई गालीगलौज नगर्ने, कलाकार र पत्रकारबीच विवाद ल्याउने प्रयास नगर्नेलगायतका सहमति भएको छ । सुवेदीलाई कारबाही गर्न भनी यसअघिका उजुरबाजुर सबै फिर्ता गर्ने सहमति भएको छ ।

नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदीले टेलिभिजनमा मुखले होइन, लिखित माफी माग्नुपर्ने अडान लिएकी थिइन् । पत्रकार सुवेदीले भने आफूले बोलेका वाक्यले आत्मसम्मानमा चोट पुग्न गए माफी चाहन्छु भनेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा