काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका छन् ।
स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिएका हुन् ।
‘सोच्न पनि नसकिने महापराध गरिएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भगवान हुन्, त्यस्तालाई रोक्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छु । मैले सुरक्षाकर्मीलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’
आवतजावत रोकेर संक्रमण फैलन गरिएको निषेधाज्ञा प्रभावकारी भएको भन्दै दाहालले सहयोग गर्न नागरिकलाई अपिल गरे ।