विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरेको छ। डा। शशांक कोइराला संयोजक रहेको तयारी समितिले गगन थापा नेतृत्वले असोज ३ गतेदेखि अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गरेको हो।
संस्थापन पक्षले मंसिर १६–१९ गते महाधिवेशन गर्ने तय गरे पनि इतर समूहले मंसिर २१–२३ गतेका लागि मिति प्रस्ताव गरेको छ। पार्टी आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नभएको इतर समूहको भनाइ छ।

