विराटनगर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाएको हो।

सरुवा गरिएकामध्ये विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत ५ जना छन्। तीमध्ये ४ जनालाई अर्को पालिकामा सरुवा गरिएको छ भने एक जनालाई मन्त्रालयको अतिरिक्त समूह (जगेडा) मा ल्याइएको छ।
त्यसैगरी, अन्य उपसचिवहरूलाई पनि विभिन्न नगरपालिकामा सरुवा गरिएको छ। पुर्चौडी नगरपालिका, बैतडीका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेललाई केही महिनामै रक्षा मन्त्रालय र बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटलाई राष्ट्रिय किताबखानामा ल्याइएको छ।
