विराटनगर । उच्च अदालत विराटनगरउच्च अदालत विराटनगर तथा वरिष्ठ कानुन व्यवसायी योगेन्द्रकुमार शर्मा न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको छ । न्यौपानेको २०८३ साल भदौ २९ गते बिहान ८ः२५ बजे इटहरी–६ स्थित पिसजोन मार्गमा रहेको आफ्नै निवासमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । न्यौपाने विगत पाँच वर्षदेखि लिभर सिरोसिसबाट पीडित थिए ।
लामो समयदेखि उपचाररत उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि निवासमै उपचार भइरहेको थियो ।स्वर्गीय न्यौपानेका पत्नी शारदा न्यौपाने, छोरा डा. योगेश न्यौपाने र छोरी इन्जिनियर उषा न्यौपाने छन् ।

स्वर्गीय न्यौपानेको पार्थिव शरीरलाई भदौ २९ गते दिउँसो १ बजे इटहरी–६, पिसजोन मार्गस्थित निवासबाट अन्तिम संस्कारका लागि बुढीगंगा–इटहरी आर्यघाट लगिने परिवारले जनाएको छ ।