Lite Nepal

सोमबार, भाद्र ०८, २०७७

काठमाडौँ । अमेरिकामा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिइएको छ ।

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)लाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिइएको बताएका जानकारी दिएका छन् ।

विश्वका विभिन्न देशले गम्भीर अवस्थाका संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि अपनाइरहेका बेला अमेरिकामा पनि त्यसको अनुमति दिइएको हो ।

कोरोना भाइरसलाई फेरि एक पटक चिनियाँ भाइरस भन्दै उनले अनुसन्धानबाट प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्दा ३५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिने पाइएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोना संक्रमणबाट ठिक भएकाहरुलाई प्लाज्मा डोनेट (दान) गर्न पनि अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा