Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

काठमाडौं । विश्वमा धेरै अनौठा जनावरहरु छन् । कहिलेकाही सोच्दै नसोचेको जनावर एक्कासी देख्दा अचम्म लाग्छ । हरेक जनावरको फरक फरक स्वभाव र बिशेषता हुन्छ । तपाईले हिप्पोपोटामस देख्नु भएकै होला ।

हिप्पोपोटामस हाम्रो नेपालमा काठमाडौंको जाउलाखेल चिडियाखानामा देख्न पाइन्छ । खासमा हिप्पोपोटामस अफ्रिकामा पाइन्छ । हिप्पोपोटामसका विभिन्न अनौठा बिशेषता छन् ।

तपाईलाई थाहा छ ? हिप्पोपोटामसले पसिना निकाल्न सक्दैन । यसले पसिना जस्तो छालाबाट रातो चिल्लो पदार्थ निकाल्ने गर्छ । यसलाई धेरैले हिप्पोपोटामसकोपसिना भन्ने गर्छन् । तर

हिप्पोपोटामसले निक्लने चिल्लो पदार्थले लोसनको काम गर्ने गर्छ । हिप्पोपोटामसको शरिरको छाला शुख्खा हुन र घामबाट तातो हुनबाट बचाउन यस्तो चिल्लो पदार्थ निक्लने गर्छ ।

यसको छाला पातलो हुने हुनाले उक्त चिल्लो पदार्थलाई पसिना आएको भन्ने गरिन्छ । एउटा सानो हिप्पोपोटामस ६ फिट अग्लोसम्म हुन्छ भने तौल २७० किलोसम्म हुन्छ ।

हिप्पोपोटामस सितलो र पानी भएको ठाउँमा बस्ने गर्छ । ठूलो हिप्पोपोटामस भने १६ फिट अग्लोसम्म हुन्छ भने ४ हजार किलोसम्म तौल हुन्छ । यसले आफ्नो खानेकुरा रातिमा खोज्ने गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं