Lite Nepal

शनिबार, साउन १७, २०७७

एजेन्सी । इटालियन क्लब नेपोलीले मोटो रकम तिर्दै नाइजेरियन युवा फरवार्ड भिक्टर ओसिमेनलाई अनुबन्ध गरेको छ । नेपोलीले युवा फरवार्ड भिक्टरलाई फ्रेन्च क्लब लिलबाट अनुबन्ध गर्न सफल भएको हो ।

दुवै क्लबले सम्झौता अवधि र रकमबारे औपचारिक खुलासा गरेका छैनन् । स्रोतका अनुसार नेपोलीले ८२ मिलियन युरोमा खर्चदै ओसिमेनलाई अनुबन्ध गरेको हो । यससँगै उनी सबैभन्दा महँगा अफ्रिकन खेलाडी बनेका छन् । यसअघि इंग्लिस क्लब आर्सनलले आइभोरी कोस्टका निकोलस पेपेलाई ७२ मिलियन युरोमा खरिद गरेको थियो । पेपे पनि लिलबाट नै आएका थिए ।

अफ्रिकन खेलाडीका लागि नेपोलीले खर्चिएको यो रकम सर्वाधिक ठुलो हो । भिक्टरलाई अनुबन्ध गर्न पाउदा निकै खुशी रहेको क्लबले जनाएको छ । ओसिमेनलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब लिभरपुल र आर्सनलले चासो देखाएका थिए । गत सिजन लिलका लागि उत्कृष्ट प्रदर्शन गर्दै उनले १८ गोल गरेका थिए । उनी क्लबका वर्ष खेलाडी समेत बनेका थिए ।

सन् २०१५ मा चिलीमा भएको यु–१७ विश्वकपमा भिक्टरले गोल्डेनबुट र सिल्भर बल जितेका थिए । उनले विश्वकपमा १० गोल गरेका थिए । उनी सोही वर्ष अफ्रिकाको वर्ष युवा खेलाडी समेत बनेका थिए । २१ वर्षीय फरवार्डले यस सिजन फ्रेन्च क्लबका लागि ३८ खेलमा १८ गोल गरेका थिए । उनले नाइजेरियाबाट १० क्याप जितेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा