Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको ‘मृत्यु प्रकरण’मा सबैभन्दा धेरै चासो र आरोपको केन्द्रमा रहेकी उनकी पूर्वप्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीले मृतक सुशान्तका विषयमा मुख खोलेकी छिन्।

उनले ‘आफूले सुशान्तको पैसा नचलाएको’ दाबीमात्र गरेकी छैनन्, ‘सुशान्त डिप्रेसनको बिरामी रहेको र उनले यसको औषधि प्रयोग गर्ने गरेको’ समेत बताएकी छिन्।

भारतीय टेलिभिज ‘आजतक’सँग अभिनेता सुशान्त र आफ्नो सम्बन्धका विषयमा बोल्दै रियाले भनेकी छिन्, ‘सुशान्तको पैसामा म बाँचेकी छु भन्ने आरोपमा कुनै सत्यता छैन।’

सुशान्तको मृत्युपछि राजपूत परिवार र कतिपय सोसल मिडिया प्रयोगकर्ताहरुले रियाको भूमिकाप्रति शन्देह प्रकट गर्दै आइरहेका छन्। यतिसम्म कि, सुशान्त आत्महत्यामा उनको र पछिल्ला दिनमा उनीनिकट बलिउडकर्मी महेश भट्टको हात रहेको आशंक व्याप्त पारिएको छ।

अभिनेत्री रियाले भने आफू र सुशान्त एउटा युरोप यात्रामा रहँदा सुशान्त डिप्रेसनको विरामी रहेको थाहा पाएको बताइन्। उनले भनिन्, ‘यात्राकै क्रममा सुशान्तले भने, मलाई हवाइ उडानसँग डरलाग्छ।

त्यो उनले मोडाफिनिल नामको औषधी खाए जुन औषधी उनले सधैं साथमा राख्थे।’ यात्राका क्रममा आफूहरु पेरिस पुगेको र त्यहाँ तीन दिनसम्म सुशान्त कोठाबाट बाहिर ननिस्केको रियाको भनाइ छ।

‘यात्राका क्रममा उनी युरोप भ्रमणका लागि अत्यन्त्यै उत्साही थिए तर तीन दिन उनी कोठाबाहिर नै निस्केनन्’ अभिनेत्री रियाले आफ्नो अन्तरवार्तामा भनिन्, ‘उनी स्विट्जरल्याण्डमा चाहिँ अति खुशी थिए तर पछि इटली पुगेपछि फेरि पेरिसमा झैं उदास र एकान्तप्रेमी बने।’

सुशान्तले त्यही युरोप यात्राकै क्रममा आफूलाई डिप्रेसन रहेको जानकारी दिएको दाबी रियाले गरेकी छिन्।

रिया र शुसान्तको युरोप यात्राका क्रममा रियाका भाइ शोविक चक्रवर्तीको उपस्थिति र उनीहरुको आर्थिक कारोबारे पनि संदेह प्रकट गरिएकोमा पनि आरोपी अभिनेत्री रियाले जवाफ दिएकी छिन्।

उनले भाइ सोविक र सुशान्तको पनि राम्रो सम्बन्ध रहेको र यही आधारमा सुशान्तले उनलाई इटली बोलाएको दाबी गरिन्। भनिन्, यसको प्रमाणस्वरुप मसँग सुशान्तले पठाएको मोवाइल म्यासेज मसँग सुरक्षित छ।’

रियाले आफ्नो कम्पनी र त्यसले गरेको आर्थिक कारोबारे पनि प्रस्टिकरण दिएकी छिन्। उनका भनाइमा, उनीहरु तीन जनाले एउटा निजी कम्पनी दर्ता गराएका थिए जसको नाम रिएलिटिक्स थियो।

यो कम्पनीले जम्मा ३३ हजार रुपियाँ मात्र ट्रान्जेक्सन गरेको छ। रियाले भनिन्, ‘यस्तो अवस्था आउला भन्ने कसले सोचेको थियो र? मैले आर्थिक अपचलन गरेँ, सुशान्तको पैसा लिएँ भन्ने कुराहरुमा कुनै सत्यता छैन।’

उनले सुशान्तलाई आत्महत्याका लागि कसैले उक्साएको या दवाव दिएको भन्ने कुरामा पनि कुनै ‘दम’ नरहेको जिकिर गरेकी छिन्। यद्यपी यो प्रकरणबारे अहिले सीबीआइले जाँच गरिरहेको छ।

प्रहरीले अनुसान्धान गरिरहेको सुशान्त प्रकरणबारे सन्देह र शंका प्रकट हुन थालेपछि भारतको सर्वोच्च अदालतले सीबीआइलाई अनुसन्धान अगाडि बढाउन अनुमती दिएको थियो। सीबीआइले सुशान्तका परिवारका सदस्य र उनका परिचित तथा निकटस्थहरुसँग सोधपुछ गरिरहेको छ।

‘यसमा सीबीआइले केही तथ्यसमेत फेला पारेको स्रोतहरुको दाबी छ’, कतिपय भारतीय मिडियाहरुले ‘सुशान्त मृत्यु प्रकरण अझै जटिल हुनसक्ने’ अनुमानहरु समेत सतहमा ल्याएका छन्।

अभिनेता सुशान्तसिंह राजपूत गत जेठ ३२ गते मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परका थिए। प्रारम्भमा उनले झुन्डिएर आत्महत्या गरेको बताए पनि विस्तारै उनको मृत्युबारे अनेक आशंकाहरु तिख्खर हुन थाले। समाजिक सञ्जालमा मात्र होइन मूलधारका मिडियामा समेत उनको मृत्यु र प्रहरी अनुसन्धानलाई लिएर अनेक प्रश्नहरु हुन थाले।

बलिउडभित्रको नातावाद र सिण्डिकेटका कारण उनले आत्महत्या गरेको भन्दै विवादको बृत्तमा महेश भट्ट, करण जौहर, सलमान खानदेखि सञ्जयलीला भन्सालीसम्म परे।

सुशान्तको परिवारले पनि उनकी पूर्वप्रेमीका जो पछिल्ला दिनमा भारतीय फिल्म निर्देशक, निर्माता महेश भट्टसँग नजिक थिईन्, लाई प्रश्नको घेरामा राख्यो। सुशान्तका पिताले बिहार प्रहरीमा उजुरी नै दिए, ‘मेरा छोराको बैंक खाताबाट करोडौं रुपियाँ अपचलन गरिएको छ। यसमा रियाको हात छ।’

घटनाको साढे दुई महिना हुन लाग्दा पनि सुशान्तको मृत्युको खास कारण भने अनुसन्धानले पहिल्याउन सकेको छैन।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा