Lite Nepal

शनिबार, साउन १७, २०७७

एजेन्सी – इंग्ल्यान्डको सबैभन्दा पुरानो र प्रतिष्ठित एफए कपको उपाधिका लागि आज (शनिबार) राति लन्डन डर्बीका दुई क्लब चेल्सी र आर्सनल भिड्दैछन् । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । लन्डन डर्वीमा सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनल चेल्सीलाई निराश पार्दै सिजनको पहिलो उपाधि जित्दै सिजनको सुखद अन्त्य गर्ने योजनामा हुनेछ ।

अर्काे सिजनको युरोपियन फुटबलमा रहनको लागि आर्सनललाई एफए कपको उपाधि जित्न आवश्यक छ । त्यसैले आर्सनल आफ्नो सम्पुर्ण शक्ति लगाएर एफए कपको च्याम्पियन बन्ने दाँउमा हुनेछ ।

प्रिमियर लिगमा यो सिजन आठौं स्थानमा लिगको अन्त्य गरेको आर्सनलले चेल्सीलाई हराए युरोपा लिगको समुह चरणमा स्थानमा बनाउनेछ । पराजित भए आर्सनल अर्काे सिजन घरेलु लिगमा सीमित हुनेछ । चेल्सीले आर्सनललाई हराए टोटेनहम हस्टपरले युरोपा लिगको समुह चरणमा स्थान बनाउनेछ । सातौ स्थानमा लिग अन्त्य गरेको वल्भ्सको पनि युरोपा लिग खेल्ने सम्भावना छ । वल्भ्स युरोपा लिगको च्याम्पियन बने युरोपा लिगलाई छानिनेछ ।

चेल्सीविरुद्ध आर्सनलका कप्तान पिएरे इमिरिक औवामियाङ, एलेसान्द्रे लाकाजेट र निकोलस पेपे नै मुख्य हतियार हुनेछन् । हेक्टर बर्लिन, ग्रानिट जाहा, ड्यानियल सेवालेस र बुकायो साका, डेभिड लुइज र गोलरक्षक इमिलियानो मार्टिनेज टोलीको साथमा हुनेछन् ।

यता, चेल्सी पनि आर्सनललाई पराजित गर्दै यो सिजनको पहिलो उपाधि जित्ने दाँउमा हुनेछ । चोटग्रस्त विलियन र एङ्गोलो कान्टेको आगमनले चेल्सी हौसिएको छ । त्यसबाहेक पछिल्ला खेलमा लगातार उच्च प्रदर्शन गरिरहेको ओलिभर जिरुउड, क्रिस्टियन पुलिसिस र मासन माउन्ट पनि चेल्सीको टोलीमा हुनेछन् ।

मार्काेस अलन्सो, जर्गिन्हो, माटियो कोभासिस, एन्टेनियो रुडिगर र कप्तान सेसर पनि चेल्सीको साथमा हुनेछ । प्रशिक्षक लाम्पार्डले फ्लप गोलरक्षक किपा एरिजाबालगालाई विश्राम दिदै वेल्फ्रेडो कावालेरोलाई खेलाउन सक्नेछन् ।

यि दुई टोलीबीचको पछिल्लो २९ खेलको नतिजा हेर्दा चेल्सी हेड टु हेडमा अघि छ । चेल्सीले १३ खेल आफ्नो पक्षमा पार्दा आर्सनलले ७ खेल जितेको छ । ९ खेल बराबरीमा सकिएको छ । पछिल्लो खेलमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेलेको थियो । त्यसअघिको दुई खेलमा चेल्सीले आर्सनललाई हराएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा