Lite Nepal

आइतबार, साउन १८, २०७७

मुम्बई । केही समयदेखि बलिउड अभिनेत्री कंगना रनौत र स्वरा भाष्करबीच जिब्रोको लडाइँ चलिरहेको छ। जब स्वरा भाष्करले दीपिका पादुकोणमाथि जेएनयू जान पाँच करोड लिएको आरोप लगाउनेलाई पेल्न थालिन्।

त्यसपछि कंगनाको टिमले स्वरालाई व्यंग्य गर्दै भन्यो, ‘प्रदर्शनमा भाग लिन दीपिका पादुकोणले पैसा पाएको कुरा सुन्दा अचम्म लाग्यो। आजसम्म उनले कुन चाहिँ प्रदर्शमा पैसा पाएकी थिइन् र ? आजसम्म सित्तैमा गर्दै गएकी छन्।’

कंगनाको टिमले ट्विटमा लेखे, ‘‘बेचारी स्वरा त आजसम्म सित्तैमा गर्दै आएकी थिइन्, उसलाई थाहा रहेनछ कि दीपिकाले जेएनयू जाँदा पैसा पाउँछिन्? ’ यो ट्विटको जवाफमा कंगनामाथि कटाक्ष गर्दै स्वराले लेखिन्, ‘केही व्यक्ति सिद्धान्तवादी हुन्छन्, न कि अवसरवादी, कोही व्यक्तिमा दो स्रोको डरको प्रयोग गर्ने प्रतिभा हुँदैन।’

हालै एक ट्विटर प्रयोगकर्ताले लखे, ‘दीपिकालाई जेएनयूमा विरोध प्रदर्शनमा सहभागी हुन पाँच करोड प्राप्त भएको थियो।’ यसको जवाफमा स्वराले भनिन्, ‘जेएनयू जान दीपिकाले पाँच करोड पाएको दाबा सिर्फ जनतालाई भ्रम पार्न मात्रै गरिएको हो। यो आरोप अश्लील र अपमानजनक छ।’ २०२० को सुरुआतमा दीपिका फिल्म ‘छपाक’ को प्रोमोसनको क्रमामा जेएनयू पुगेकी थिइन्। दीपिकाको यात्रालाई लिएर निकै विवाद भएको थियो। त्यसबेला त्यहाँ लेफ्टिस्ट विद्यार्थीको प्रदर्शन चलिरहेको थियो। एजेन्सी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं