Lite Nepal

शुक्रबार, साउन २३, २०७७

विराटनगर । बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने भएको छ । पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई यो घटनाको छानबिन गर्न अनुमती दिएसँगै घटनाले नयाँ मोड लिएको छ । सीबीआइले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती सहित ६ जना विरुद्ध एफआइआर दर्तागरेको छ । जसमा रियाका भाई, पिता, आमा, सुशान्तका घरमा काम गर्ने २ जना म्यानेजर छन् ।

उनीहरुविरुद्ध सीबीआइले आत्महत्या, अपराधिक षड्यन्त्र, चोरी, धोका, धम्की, गलत सम्बन्धको कारण देखाउँदै एफआइआर दर्ता गरेको हो ।

सीबीआइले पटना प्रहरीसँग घटनासँग सम्बन्धित कागजपत्र समेत संकलन गरेको छ । नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आत्महत्या गरेका थिए । यसपछि, यो घटनाले बलिउडमा नेपोटिज्मको बहस पनि भैरहेको छ । पछिल्लो केही सातादेखि भने यो मुद्दा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको वरिपरी घुमिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं