Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं । महिला सशक्तिकरणलाई प्राथमिकता दिंदै नव गायिका शिवानी भट्टराईले आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत सार्वजनिक गरेकी छिन् ।

गायिका भट्टराईकै अभिनय रहेको ‘अबन्धन’ गीतको भिडियोमा कोरियोग्राफर प्रशान्त तामाङले साथ दिएका छन् ।

प्रशन्न शाक्यको निर्देशन रहेको गीतको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।

गीतले महिलाको पीडालाई प्रस्तुत गरेको छ । विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी गायिका शिवानीले यस गीत मार्फत एक महिलालाई हुने समस्या तथा समस्याबाट उम्कन गरिने संघर्षलाई प्रस्तुत गरेकी छिन् ।

शिवानीले ६ वर्ष अगाडि नै गीत लेखेको भएपनि सञ्चार माध्यममा आबद्ध भएपछि मात्र गीत संगीत लाग्ने बताएकी थिइन ।

अनावश्यक विचार र सम्बन्धमा भएको समस्याबाट छुट्कारा पाएको भाव गीतले प्रस्तुत गरिएको शिवानीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा