Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं । सुशान्त सिंह राजपूतको केसमा रिया चक्रवर्तीको मुश्किल बढिरहेको देख्न सकिन्छ । सुशान्त सिंह राजपूतको अकाउन्टबारे अनुसन्धान गर्दै प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार रिया चक्रवर्तीसँग ८ घण्टा सोधपुछ गरेको थियो ।

यो दौरानमा रियाले इडीका केही प्रश्नको स्पष्ट जवाफ नदिएको बताइएको छ । खबरका अनुसार इडीले एकपटक पुनः रियासँग सोधपुछ गरेर अन्य जानकारी हासिल गर्ने प्रयास गर्ने बताइएको छ ।

रिपोर्टका अनुसार रिया चक्रवर्तीसँग सोधपुछका लागि इडीले अर्को एउटा समन जारी गरेको छ । इडीले रियालाई सोधपुछका लागि सोमबार पुनः उपस्थित हुन भनेको छ । स्मरण रहोस्, शुक्रबार रियालाई लामो सोधपुछपछि शनिबार उनका भाइ शौविक चक्रवर्तीसँग लगभग १८ घण्टा सोधपुछ गरिएको थियो ।

अब सोमबार पुनः रियासँग सोधपुछ गरिने भनिएको छ । सोमबार पनि रियासँग उनको सम्पत्ति र आम्दानीसँग जोडिएका प्रश्नको जवाफ सोध्ने अनुमान गरिएको छ ।

इडीले आफ्नो अनुसन्धानमा रिया चक्रवर्तीसँग मुम्बईको खार ईस्ट र नवौं मुम्बईमा समेत फ्ल्याट छ । त्यसपछि इडीले रियासँग यी सम्पत्तिबारे जानकारीसहित उनको पछिल्लो पाँच वर्षको इनकम ट्याक्सको माग पनि गरेको छ ।

स्मरण रहोस्, सुशान्त सिंह राजपूतका परिवारले रिया र उनको परिवारले सुशान्तको खाताबाट १५ करोड भारु निकालेको आरोप लगाएका छन् । त्यसपछि नै इडीले यसबारे आफ्नो अनुसन्धान सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं