Lite Nepal

बुधबार, साउन २८, २०७७

काठमाडौं । चर्चित र्‍यापर एलिश नेपकिङले फरक शैलीमा तयार भएको ‘जे पनि चल्छ, जहाँ पनि चल्छ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ग्याङ्गस्टर र्‍यापको नाम दिएका उनले यस गीतलाई आफ्नै अफिसियल युट्यूव च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।

र्‍यापर एलिशले नेपालमा ग्याङ्गस्टर र्‍यापको परिभाषा फरक तरिकाले प्रस्तुत गर्न खोजेको बताएका छन् । गीतमा उनीसँगै एक्स सरकार र एक्स ट्रिक्सको पनि आवाज रहेको छ ।

गीतको भाव नेपाली समाजको घटनाक्रमतर्फ केन्द्रित भएको देखिन्छ । सार्वजनिक गीतको भिडियोमा पछिल्लो युवा पुस्ता र समाजमा घटिरहेका घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ ।

गीत र भिडियो दुबैले कसैलाई पनि असर नपरोस् भन्ने सोचका साथ र्‍यापर एलिश नेपकिङले १८ बर्ष माथिका लागि मात्र रहेको बताएका छन् ।

गीतको भिडियोलाई सुरेन्द्र गुरुङ हाकिमले निर्देशन गरेका हुन् । प्रविन श्रेष्ठको सम्पादन रहेको उक्त भिडियोलाई सुजन श्रेष्ठले छायाङकन गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा