Lite Nepal

बिहिबार, साउन २९, २०७७

न्युर्योक । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जां) ले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार वलराम वानियाको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

वरिष्ठ पत्रकार वानियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उहांको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको वताएको छ ।

स्वर्गीय पत्रकार वानिंयाको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा अनुसन्धानलाई तीव्रताका साथ अगाडि वढाउन पनि इञ्जाले माग गरेको छ ।
पत्रकारहरुका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार वानियांको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस भनी तत्कालै आफ्नो आपतकालिन कोषवाट १ लाख रुपैयाँ दिने निर्णय गरेको इन्जाका सचिव दीपक रिजालले जानकारी दिए ।

यस संकटको क्षणमा स्वर्गीय वानियाको परिवारलाई सहयोग गर्न पनि इञ्जाले नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा शुभेच्छुकहरुलाई आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा