Lite Nepal

शनिबार, साउन ३१, २०७७

काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा भारतमा २४ जुलाईमा ओटीटी प्लेटफर्मममा रिलिज भएको थियो ।

फ्यान्सहरुले यो सिनेमालाई लगातार सिनेमाघरमा रिलिज गर्न माग गरिरहेका थिए । तर कोरोनाका कारण फिल्म सिनेमा घरमा रिलिज हुन पाएको थिएन । यसैबीच न्यूजील्याण्डको सिनेमाघरमा दिल बेचारा रिलिज भएको छ ।

न्यूजिल्याण्ड कोरोना संक्रमण मुक्त भएपछि त्यहाँ फिल्म रिलिज गरिएको हो । त्यहाँ जनजीवन पहिलाको जस्तै बनिसकेको छ । तर १०२ दिन पछि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसका कारण थप सावधानी अपनाइएको छ ।

सुशान्तको उक्त फिल्म दिल बेचाराको प्रिमियर पनि अकल्याण्डको होयत्स सिनेमामा राखिएको छट ।

यो फिल्मको प्रिमियरमा सबैभन्दा पहिला त्यहाँ उपस्थितहरुले सुशान्तका लागि एक मिनेटको मौन धारण गरेका थिए ।

त्यसपछि मात्र फिल्म स्क्रिनिङ शुरु भएको थियो । सोसल डिस्टेन्सिङलाई ध्यानमा राख्दै फिल्म हलमै फिल्म प्रदर्शन भएको हो ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं