Lite Nepal

शनिबार, साउन ३१, २०७७

काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको खबर पाए पछि उनका फ्यानहरु निकै दुखी भएका छन् ।

उनलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको र क्यान्सरको उपचारको लागि अमेरिका जानसक्ने भारतिय मिडियाले जनाएको छ । केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनी डिस्चार्ज भए लगत्तै यस्तो खबर आएको हो ।

सञ्जयलाई क्यान्सर भए लगत्तै उनकी पत्नि मान्यता केही कुरा बताएकी छिन् । हाल कोरोनाका कारण दुबईमा फसेकी मान्यताले सञ्जयलाई छिट्टै नै ठिक होस् भन्दै प्रार्थना गर्न सबैलाई आग्रह गरेकी छिन् ।

उनले भनेकी छिन् ‘म सञ्जुका प्रशंसकलाई यो आग्रह गर्न चाहन्छु कि तपाईंहरु कुनै पनि अफवाह र अड्कलबाजीमा नफस्नुहोस् । उनले भगवानले अहिले आफुहरुको परिक्षा लिन खोजेको बताउदै उक्त चुनौती पनि हाफुहरुले पार गर्ने र जसको लािग सबैको आशिर्वाद र प्रार्थनाको आवश्यकता पर्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा