Lite Nepal

शनिबार, भाद्र २०, २०७७

काठमाडौं । प्रदेश १ मा दुई सहित कोरोना भाइरसबाट थप ४ जनाको मत्यु भएको छ ।

मोरङको विराटनगर महानगरपालिका ४ बस्ने ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

कोशी अस्पताल बिराटनगरमा उपचारको क्रम्ममा गएराति उनको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा पनि एक ४३ वर्षीया महिलाको मृत्यु भएको छ ।

उनको पनि गएराति नै मृत्यु भएको हो ।

यसैगरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४० बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा।सुर्दशन थापाले जानकारी दिए ।

उनीहरु दुबैको गएराति मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं