Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ।

पार्टीको भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।

रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै दस्तावेज निर्माणका लागि गठित समितिका सदस्यको नाम सार्वजनिक गरेको छ।

समितिको संयोजकमा महामन्त्री विपिनकुमार आचार्य छन्। सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ र सुलभ खरेल रहेका छन्।

त्यस्तै, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने समितिको सदस्यमा चयन भएका छन्।

पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा समितिले तयार गर्ने दस्तावेजको समयसीमा र कार्यविधिबारे भने खुलाइएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं