Lite Nepal

सोमबार, आश्विन ०५, २०७७

विराटनगर । ताप्लेजुङकी एक कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यू भएको छ ।

ताप्लेजुङ घर भई मोरङको विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षीया महिलाको सोमबार विहान पौने ११ बजे मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक महिलामा कलेजो सम्बन्धी समस्या थियो ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनील देवका अनुसार महिलामा ३० भदौमा संक्रममण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

सुरुमा उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनी कोरोना पुष्टि भएपछि विराटनगरमा ल्याइएकी थिइन् ।

यी महिलाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा