Lite Nepal

शनिबार, आश्विन १७, २०७७

काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न धनगढी विमानस्थलनलाई बेस बनाएर शनिबार परीक्षण उडान भएको छ ।

बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनको तयारी स्वरुप शनिबार परीक्षण उडान भएको हो ।

विमानस्थलको अनुगमनसहित परीक्षण उडानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर थापाका अनुसार शनिबार समिट एयरले धनगढीबाट बैतडी, बझाङ र डोटीमा परीक्षण उडान गरेको हो ।

शनिबार समिट एयरको विमानले सुरुमा नेपालगञ्जबाट धनगढी र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान गरेको थियो ।

परीक्षण उडान सफल भएसँगै अब अन्य विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान सुरु गर्न आह्वान गर्ने प्रमुख तेजबहादुरले बताए ।

बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी गरिएको थियो ।

अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ । सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ । यो सेवा सुरु भएसँगै नागरिकलाई सहजता मिल्ने छ ।

हाल सुदूरपश्चिमको गेटा विमास्थलमा मात्रै काठमाडौं–धनगढी– काठमाडौं नियमित उडान हुने गरेको छ ।

विमानस्थलको अनुगमन तथा उद्घाटनमा शनिबार मन्त्री भट्टराईसहित प्रतिनिधिसभा सदस्यहरु डोटीका प्रेम आले, बझाङ्का भैरब वहादुर सिंह, आसा विक, वैतडीका दामोदर भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजन पोखरेल, नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजना प्रमुख प्रदिप अधिकारी, ईन्जिनियर र प्राविधिकहरुको टोली त्यहाँ पुगेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं