Lite Nepal

शनिबार, आश्विन १७, २०७७

विराटनगर । प्रदेश १ मा शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

शनिबार सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ९८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४८ महिला र ५० पुरुष छन् । सुनसरीकै दुहवीमा ३ महिला ६ पुरुष, इटहरीमा १ महिला ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा १–१ महिला, स्थानीय तह नखुलेका ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ३१ महिला ५६ पुरुष, सुनबर्षीमा ४ महिला १ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, कटहरीमा २ पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा १–१ महिला, धनपालथानमा १ पुरुष, झापाको दमकमा १ महिला १ पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आउको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको बेलकामा ५ पुरुष, खोटाङको खोटेहाङमा ४ पुरुष, संखुवासभाको चिचिलामा १ महिला २ पुरुष, ओखलढुङ्गामा ३ पुरुष, धनकुटाको महालक्ष्मीमा १ पुरुष र प्रदेश १ बाहिरका ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ ।

प्रदेश १ मा शनिबार २८७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २६३, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि.जेनरल अस्पताल हरिनगरबाट ९–९, गढी आईसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ ।

प्रदेश १ मा शनिबार १ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २६ हजार ८९० जनाको पीसीआर परीषण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं