Lite Nepal

आइतबार, आश्विन १८, २०७७

विराटनगर । विराटनगर विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश १ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

सोमबार प्रदेश १ को राजधानी विराटनगरमानै समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरु सोमबार विराटनगर आउने कार्यक्रम तय भएको छ ।

नेपालका विभिन्न स्थानमा रहेका विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकारले पछिल्लो समय प्रदेश सरकार सँग धमाधम समझदारी गरिरहेको छ ।

यस अघि गत विहीबार सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि पहिलोपटक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । विराटनगरमा हुन लागेको यो समझदारी दोस्रो हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं