Lite Nepal

सोमबार, आश्विन १९, २०७७

विराटनगर । ताप्लेजुङमा नेपाल टेलिकमले दिदै आएको सेवाको गुणस्तर बृद्धि गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टेलिकमलाई दिर्नेशन दिएका छन् ।

विमानस्थलको एक कार्यक्रममा सहभागी हुन सोमबार विराटनगर आएका मन्त्री भट्टराईले नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमानै पुगेर ताप्लेजुङ जिल्ला भित्रका सबै टुजी टावरलाई थ्रीजी र फोरजीमा अपग्रेट गर्न निर्देशन दिएका हुन् ।

टेलिकमको क्षेत्रिय कार्यालयका कर्मचारी सँग कार्यालयमानै कुराकानी गर्दै मन्त्री भट्टराईले जिल्लाको गाउँपालीकाको केन्द्रमा इन्टरनेट समस्या रहेकाले यसको व्यवस्थापनमा ध्यान दिदै पर्यटकिय जिल्ला भएकाले आफ्ना सबै सेवाको विकास चाँडो गर्न निर्देशन दिए ।

‘पर्यटक हिमाल जान्छन्, पर्यटकिय क्षेत्र घुम्न जान्छन्, प्रशिद्ध तिर्थस्थल पाथीभरामा फोन राम्रो लाग्दैन, डाटा चल्दैन,’ मन्त्री भट्टराईले भने ‘नेट र फोनको गुणस्तर चाँडो सुधार हुनुपर्यो ।’

मन्त्री भट्टराईले टेलिकमका विषयगत कर्मचारीलाई जिल्लाको तहनै छुट्याएर कुन तहमा कस्तो सेवा आवस्यक रहेको प्रष्ट्याएका थिए ।

टेलिकमका प्रतिनिधीले ताप्लेजुङमा विद्युतको केन्द्रिय प्रशारण लाईन पुगेकाले त्यसै पोल हुँदै फाईबर पुर्याउने तयारी भइरहेको र गुणस्तर विकासको लागि अध्यायन गर्न प्राविधिक टोलि ताप्लेजुङ गएको मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं