लक्ष्मी कटुवाल

मंगलबार, आश्विन २०, २०७७

विराटनगर । सुनसरीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा धरान १४ का २५ वर्षीय गोकुल तामाङ रहेको प्रहरीले जनाएको छ ।

मंगलबार विहान त्रिवेणी मागर्को भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका थिए ।

घाईते तामाङको घोपा धरानमा उपचारको क्रममा ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मिनी ट्याक्टर र त्यसका चालक तुलसी बि.क. प्रहरी नियन्त्रणमा रहेको साथै स्कुटर चालक सुस्मन मैनाली सामान्य घाईते भएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं