Lite Nepal

शुक्रबार, आश्विन २३, २०७७

विराटनगर । विराटनगरको नोबेलमा मोरङ र सुनसरीका थप दुईजना संक्रमितको मृत्यु भएको छ ।

मोरङकी ७२ वर्षीया वृद्धा र सुनसरीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

बुधबार बिहान मात्र अस्पताल भर्ना भएकी वृद्धाको श्वासप्रश्वासमा समस्या थियो । वृद्धको आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो । उनको पीसीआर रिपोर्ट बुधबार राति पोजिटिभ आएको थियो ।

मृतक महिलामा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको थियो ।

त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।

असोज १७ गते नोबेल अस्पतालमा भर्ना भएका पुरुषको पीसीआर रिपोर्ट असोज १८ गते पोजेटिभ आएको थियो ।

मृतक पुरुष दीर्घरोगी नभए पनि श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको थियो । बिहीबार साँझमात्र धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा