लक्ष्मी कटुवाल

शुक्रबार, आश्विन २३, २०७७

विराटनगर । सुनसरीको इटहरी ५ स्थित राजमार्ग क्षेत्रबाट दुई जनालाई प्रहरीले पटकासहित पक्राउ गरेको छ ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलिले विहीबार विहान सुनसरी श्रीहरिपुरका २९ वर्षीय आलममिया र सोही स्थानका २७ वर्षीय समिर मियालाई पक्राउ गरेको हो ।

रार्जमार्ग किनारमा पटका बोरा तथा कार्टुनमालुकाई राखेर सप्लाईका लागि मौका छोपी बसिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रण लिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले बोरा तथा कार्टुन खोलेर हेर्दा ६७ बण्डल पटका फेला पारेको थियो । पटकासहित पक्राउ परेका सबैलाई अनुसन्धानका लागि प्रहरीले नियनत्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं